कोरोना हिरो गाइजू र सैंजू सम्मानित हुने
असार ५, २०७७, शुक्रबार | दिउँसो ०१:२७ बजे | 50
भक्तपुर । नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा चार जना कोरोना हिरोसहित ६ जना विभिन्न पदकहरुबाट सम्मानित हुने भएका छन् । भक्तपुरका रोभर लिडरहरु राजेश गाइजू र अरुण सैंजू नगद रु प्रतिव्यक्ति एक लाख ५० हजारसहित पराक्रमपट्टी प्रथम दर्जा पदकबाट सम्मानित हुन लागेका हुन् । नेपाल स्काउटले शुक्रबार सूचनामार्फत पुरस्कार पाउने व्यक्तिको नामहरु सार्वजनिक गरेको हो ।
स्काउटिंगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न व्यक्तिगत रुपमा आफ्नो ज्यान जोखिममा पारी साहसिक पूर्ण वीरताका साथ शौर्यपूर्ण कार्य गर्न सफल स्काउट तथा नेपाल स्काउटका १५ बर्षसम्म निरन्तर सेवा गरेका स्काउटरहरुलाई वितरण गर्दै आएको क्रमशः पराक्रमपट्टी पदक गाइजू र सैंजूलाई प्रदान गर्ने निर्णय भएको हो ।
यस्तै दीर्घ सेवापदक यस बर्ष भक्तपुरका अर्का दुई जना कोरोना हिरोहरु न्हुज किजू र पुनम कर्माचार्यलाई प्रतिव्यक्ति रु ७५ हजार रुपैयाँंसहित पराक्रमपट्टी दोश्रो दर्जाको मानार्थ सम्मान पाउने भएका छन् । साथै मोरगका राजाराम घिमिरे र दिवस राजवंशी दीर्घ सेवा पदकबाट सम्मानित हुने भएका छन् । नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा स्काउटरहरु तथा सामाजिक अभियान्तालाई प्रदान गरिने निर्णय भएको छ ।