कुकुर मार्दै हुनुहुन्छ ? होसियार !
चैत ३१, २०७७, मङ्गलबार | विहान ०४:४१ बजे | 30
काठमाडौ । शुक्रबार (चैत २७ गते) साँंझबाट सामाजिक सञ्जाल फेसबुकमा फरक प्रकारको एउटा भिडियो भाइरल बन्यो, त्यो हो कुकुरलाई निर्ममतापूर्वक मारेको । काभ्रेपलान्चोक जिल्लाको २८ किलोबाट नजिकै रहेको बुद्धपार्क भन्ने ठाउँंको घाटना थियो त्यो । काठमाडौं विश्वविद्यालय प्रवेश गर्ने २८ किलो नजिकै रहेको बुद्धपार्कमा रहेको एउटा सार्वजनिक पोलमा झुण्डाएर कुकुरलाई मारिएको दृश्य थियो त्यो । दृश्यमा दुईजना मानिसले लठी, कोदालो र भाटाले कुकुरको टाउकै टाउकोमा प्रहार गरी निर्ममतापूर्वक मारेको दृश्य थियो ।
त्यो दृश्य भाइरल बनेपछि पशु अधिकारकर्मीहरुले सामाजिक सञ्जाल फेसबुकबाटै न्यायका लागि भोलिपल्ट बुद्धपार्कंमा जान सवैलाई आह्वान गरे । आह्वान अनुसार भोलिपल्ट शनिबार दिउँंसो काठमाडौंबाट गएका र अन्य केही व्यक्ति तथा संस्थाका व्यक्तिहरु गरी झण्डै दई दर्जन मानिसहरु बनेपामा भेला भए । उनीहरु प्रहरीलाई लिएर बुुद्धपार्क पुगे । बुद्धपार्कमा पुगेपछि स्थानीयबासी र पशु अधिकारकर्मीवीच घम्साघम्सी नै परयो दिनभर ।
टोलीमा सहभागी श्रीस एनिमल रेश्क्युकी अध्यक्ष सृजना ठकुरीले कुकुरलार्इू निर्ममतापूर्व मार्नु हुन्न भनी जचचेतना फैलाउन घटनास्थलमा पुग्दा घम्साघम्सी भएको जनाइन् । सामान्य कुकुरलाई मारेको विषयमा पनि यत्रो गुण्डागर्डी गर्न आएको भन्ने स्थानीयको विरोधपछि अधिकारकर्मी र स्थानीयबीच हात हालाहालको स्थिति आएको उनले सुनाइन् । ‘प्रहरीसँंगै लिएर नगएको भए, त्यहाँं हातपातको अवस्था सृजना भएको थियो’, उनले सुनाइन् ।
घटना विवरण अनुसार कुकुरलाई निर्ममतापूर्वक मारेको भिडियो काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एकजना विद्यार्थीले घरको झ्यालबाट खिचेर सामाजिक सञ्जालमा राखेका थिए । घटनाले उग्र रुप लिएपछि अहिले त्यो भिडियो डिलिट गरिएको छ । त्यसकारण भिडियो राख्ने व्यक्ति नाम पनि अहिले छैन । घटना भएको एक दुई हप्तापछि मात्रै उनले खिचेको भिडियो फेसबुकमा राखेको बताइएको छ अर्थात घटना अझै केही दिन अगाडि नै भएको बताइएको छ ।
दिउँंसो १ बजेदेखि साँझ ५ बजेसम्म अधिकारकर्मी र स्थानीयवीच त्यहाँं घम्साघम्सी चलेको थियो । अधिकारकर्मीले अभियुक्त भन्दै स्थानीय नेत्र तामाङमाथि कारबाही गर्न माग गर्दै काभ्रेपलान्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका छन् । निवेदन हाल्न दिने र नदिनेवीच पनि प्रहरी कार्यालयमै घम्साघम्सी चलेको टोलमा सहभागी एकजना अधिकारकर्मी सुवास श्रेष्ठले बताए । उनका अनुसार दुई दर्जनमा त्यहाँं पुगेका अधिकारकर्मीमाथि चार दर्जनजतिको संख्यामा रहेको स्थानीयले अपशव्द प्रयोग गरेका थिए । त्यही विषयका कारण आफूहरुलाई डरधम्की आइरहेको अधिकारकर्मीहरुले बताए ।
काभ्रेपलान्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलका एसपी भुपेन्द्रबहादुर खत्रीले घटनाकोबारेमा अनुसन्धान जारी रहेको जनाए । घटनाको विषयमा कसैलाई पक्राउ नगरेको जनाउँदै उनले घटनाबारे एनजीकरण भएको हो कि जस्तो आफूलाई लागेको बताए । उनले घटनाबारे उग्र रुप लिएको स्वीकार्दै स्थानीयले एउटा कुकुरलाई मार्नु सामान्य ठानेको र अधिकारकर्मीले ठूलो मुद्धा सोच्दा उग्र रुप लिएको बताए ।