विस्का जात्राः आज कता के हुँदैछ ?


चैत ३१, २०७७, मङ्गलबार | विहान ०२:१८ बजे | 40


२०७७।१२।३१
१. बिहान १०ः०० बजे श्री भैरवनाथको रथ गाःहिटीबाट भेलुखेल ल्याउने ।
२. भद्रकालीको नाइकेबाट भद्रकालीको पूजा सम्पन्न गर्ने ,
क) बिहान १०ः०० बजे भित्रमा भद्रकालीमा राँगो बली दिएपछि बाजागाजा सहित भाद्रकालीको पाटीमा राँगाको टाउको राख्ने ।
ख) राँगोको टाउको राखिसकेपछि समयबजी खाएपछि लिंगो प्वालमा राख्न लिंगो मिलाउने काम दिलबहादुर माताङ्गीले गर्ने ।
ग) बिहान १०ः०० बजे गुठी संस्थान शाखा कार्यालयबाट स्याउला काटी लिंगोमा टाउको बाँध्नको लागि भेलुखेल पु¥याउने।
३. गुठी संस्थान शाखा कार्यालयबाट डोरी र कपडा बिहान ८–१२ बजे सम्ममा भेलुखेलमा पु¥याईदिने ।
४. दिउँसो १२–२ बजे सम्म लिंगोमा डोरी बाँध्ने कार्य नारायण चवाल, कृष्णभक्तलगायतबाट सम्पन्न गर्ने ।
५. प्रहरीहरू बैण्डबाजासहित २ः०० बजे भेलुखेलमा उपस्थित हुने ।
६. दिउँसो २–३ बजेसम्म सम्म डोरो बाँध्ने काम भएपछि गाःहिटीबाट भैरवनाथको रथ र श्री भद्रकालीको रथ भेलुखेलमा पु¥याउने ।
७. दिनको ५ः०० बजेभित्र लिंगो उभ्याउने कार्य सम्पन्न गर्ने ।

Comments