पुर्खाबाट सन्ततिमा संस्कृति हस्तान्तरण गरियो


चैत २९, २०७७, आइतबार | दिउँसो ०१:०९ बजे | 25


केके मानन्धर
सिवाः साय्मि खलः संस्कृति विभागको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयो । २०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाचःह्रे) देखि सुरू गरिएको बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१ चिल्लागा द्वादशी) बिहिवार थिमि–४ स्थित सिवाटोलमा बाँसुरी बाजा प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको हो । आठ महिनामा सकाउने लक्ष्य लिएर दिइएको बाँसुरी प्रशिक्षण कोभिड–१९ सँगै सरकारले जारी गरेको लकडाउनको कारणले बीचमा बन्द गरिएको थियो । 
यसअघि चैत ७ गते शनिबार बसेको खलःको बैठकले बाजा प्रशिक्षणको समापन कार्यक्रम बिहिवार गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
कार्यक्रम सम्बन्धि कुरोः
१) कार्यक्रममा प्रशिक्षण लिएका र दिएका भाजु÷मयजुहरूलाई खलःको तर्फबाट सामुहिक सगुन (मंका सगं) दिइएको थियो । यसअघि सोहिदिन आफन्तको सगुन नलिनको लागि अनुरोध गरिएको थियो । नेवार संस्कारमा शुभकार्यको थालनी गर्न पञ्चतत्वसहितको सगुन दिने परम्परा रहेको छ । दहि, उसिनेको अण्डा, रक्सी, माछा लगायतका खाद्य बस्तु सम्मिलित गरेर सगुन दिइन्छ । 
२) बाँसुरी प्रशिक्षार्थीहरूको संख्या जम्मा ४२ जना रहेको  कार्यक्रमका संयोजक मनोजलाल मानन्धरले जनाउनुभयो ।
३) बाँसुरी प्रशिक्षकको रूपमा धनकाजी भासिमा र बाद्यवादन प्रशिक्षकको रूपमा चयन्द्र भासिमा हुनुहुन्छ । त्यस्तै नृत्य प्रशिक्षक बालमुकुन्द प्रजापति र दिपक बज्राचार्य हुनुहुन्छ ।
४) बाँसुरी प्रशिक्षण कार्यक्रमको लागि युवा व्यवसायी पुष्पलाल मानन्धरले ठाउँ उपलब्ध गराउनु भएको हो ।
५) कार्यक्रमको लागि स्थानिय मानन्धर समुदाय र नगरपालिकाबाट आर्थिक व्यवस्थापन गरिएको थियो ।
६) कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, मध्यपुर वडा नं. ४ र ६ का परिवार, जनप्रतिनिधि, नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू, केन्द्रीय मानन्धर संघबाट सहसचिव उदेन न्हूसायमि, भक्तपुर जिल्ला मानन्धर युवा संघका पदाधिकारी, मानन्धर युवा समूहका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता थियो ।

Comments