पत्रकार महासंघमा काँंग्रेसी पत्रकारको जित
चैत २८, २०७७, शनिबार | दिउँसो ०२:१३ बजे | 30
काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। यही चैत २५ गते भएको निर्वाचनमा पोखरेल ६ हजार ९ सय ४२ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९ सय १५ मत पाइन्। अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६ सय ९१ मत पाए। पोखरेललाई समर्थन गर्दै मैदान खाली गरेका अध्यक्षका प्रत्यासी रामप्रसाद दाहालले पनि १ सय ५६ मत पाएका छन्।
यस्तै, पोखरेल प्यानलका वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम, महिला उपाध्यक्षमा बाला अधिकारी र महासचिवमा रोशन पुरी विजयी भएका छन्।
यस्तै खुला सचिवमा गोविन्द चौलागाईं, एसोसिएट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक विजयी भएका छन्।