पत्रकार किसी फेरि सम्मानित
चैत २८, २०७७, शनिबार | विहान ०८:३६ बजे | 35
भक्तपुर । पत्रकार कृष्ण किसी शनिबार सम्मानित भएका छन् । राष्टवादी केन्द्र नेपालले गरेको एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । केन्द्रका संयोजक चन्द्रबहादुर थापाले उनलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । केन्द्रका गतिविधिलाई समाचारमार्फत जनतासम्म पुयाउन सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा केन्द्रलाई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने अन्य महानुभाबहरुलाई पनि सम्मान गरिएको थियो । उनलाई यसअघि पनि सम्मान गरिएको थियो ।