बिस्का जात्राका लागि मध्यपुर थिमि सरसफाइ
चैत २६, २०७७, बिहीबार | दिउँसो ०१:३६ बजे | 50
मध्यपुर थिमि । नव वर्ष २०७८ तथा विस्का जात्रालाई लक्षित गर्दै र कोशिइनाय गणेश टोल सुधार समिति र भूलाँखेल बचत तथा ऋण सहकारी संस्था लि. ले आज विहिवार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ हात्तिमहाकालबाट शुरू भएको उक्त सरसफाई अभियान भुँलाखेल, वाननी, पोबु, जलाखु, लावाहिति परिसरलगायतको स्थानमा सरसफाई गरेको आयोजक टोलसुधार समितिका अध्यक्ष बाबुकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । नेप्सेम्याक संस्थाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको सो अवसरमा अध्यक्ष श्रेष्ठले नजिकिदै आएको बिस्का जात्रामा विभिन्न देवीदेवताहरूको खट परिक्रममा गर्ने रूटमा रहेको फोहोर तथा बाटोमा राखिएको निर्माण सामाग्री हटाउन भन्दै माईकिङ समेत गरेको थियो ।
संस्थाले समयसमयमा यस प्रकारको सरसफाइ अभियान सञ्चालन गर्दै आउनुका साथै वडा नं. ५ भुलाँखेल क्षेत्रमा फोहोरमैला संकलन गरी उचित व्यवस्थापन समेत गर्दै आइरहेको छ । यता अर्को आयोजनक संस्था भुलाँखेल साकोसका अध्यक्ष ओमप्रकाश श्रेष्ठले पनि संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय समयमा स्थानीय विभिन्न सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरी सरसफाई कार्यमा हातेमालो गर्दै आइरहेको बताउनुभयो ।