मध्यपुर थिमि चपाचोमा “धिमे पिथना ज्याझ्व २०७७“ हुँदै


चैत २६, २०७७, बिहीबार | विहान ११:४८ बजे | 35


रत्न काजी प्रजापति
बिश्व बिनायक धिमे खलः मध्यपुर थिमि चपाचोको आयोजनामा फाल्गुन १० गते बाट शुरु गरिएको धिमे बाजा प्रशिक्षण को आज एक भब्य समारोह  बिच समापन हुँदैछ।

नेवा संस्कृती, बिस्का जात्रा, पर्व एब नेवा रितिरिवाजको महत्त्वपूर्ण अंगको रुपमा रहेको घिमे बाजा प्रती युवाहरुको बददो अभिरुचिलाई ध्यानमा राखी यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रमुख धिमे प्रशिक्षक एब संस्कृतीबिद श्री बिष्णु बहादुर प्रजापतिले बताउनु भयो।

उक्त प्रशिक्षण कार्यक्रममा १२ बर्षका किशोर देखि ३९ बर्षसम्मका युवाहरु समेत गरि जम्मा ३९ जना प्रशिक्षार्थीहरुको सकृय सहभागिता रहेको छ। समय समयमा धिमे बाजा प्रशिक्षण कार्यक्रम गरि रहेको भएता पनि यसरि “धिमे पिथना“ ज्याझ्व गरिएको बिगत ४६ बर्ष पछिको यो पहिलो भएको प्रमुख प्रशिक्षक श्री प्रजापतिले जानकारि दिनुभयो।

सम्पुर्ण चपाचो टोलबासिको सकृय सहयोग, साथ र सहभागिता रहेको आजको ज्याझ्वलाई सफल बनाउन नगद रु ५०००÷– भन्दा माथि सहयोग गर्नुहुने सहयोगी महानुभाबहरुलाई सम्मान गरिने छ। मध्यपुर थिमि चपाचो मा साझ ७ बजे हुने उक्त धिमे पिथना ज्याझ्व २०७७ को हाम्रो जात्रा फेसबुक च्यानल, नेपालमन्डल टिभि र भादगाउँ टिभिले प्रत्यक्ष प्रसारण गरिने छ।

Comments