स्वतन्त्र पत्रकार संघको अध्यक्षमा किसी
चैत २६, २०७७, बिहीबार | विहान ०५:१६ बजे | 30
भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा पत्रकार कृष्ण किसी निर्वाचित भएका छन् । संघको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट किसीको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो । निर्वाचित संघको उपाध्यक्षमा डा राजेन्द्र कोजू रहेका छन् । सचिवमा रेणु त्वानाबासु रहेका छन् । साथै कोषाध्यक्षमा कृष्णराम प्रजापति रहेका छन् । सदस्यहरुमा कुमार लघु (भक्तपुर नगरपालिका), छन्दविज्ञान निरौला (सूर्यविनायक नगरपालिका), रत्न प्रजापति (मध्यपुर थिमि नगरपालिका) र विपना मुसिख्वाल –चाँंगुनारायण नगरपालिका) रहेका छन् । साधारणसभाको उदघाटन बागमति प्रदेश सञ्चार रजिष्टारको कार्यालयका रजिष्टार रेवतीप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले संघ महासंघतर्फ जाने जनाए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डा इन्दुल केसीले पद निर्वाचित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए ।