ढल खन्नेकाम तिब्र बेगल
चैत २५, २०७७, बुधबार | विहान ०५:२९ बजे | 60
कुमार लघु
नेपाल मजदुर किसान पार्टीका कामरेड एवंम साँसद सदस्यको साँसद कोषको र चाँगुनारायण नगरपालिकाको पहलमा कासनदेखि लुकुण्डोल जाने वाटोका स्थानीय जनताहरूको माग वमोजिम सुविस्ताको लागि ध्यानमा राखेर फोहर फाल्ने पानी पठाउन ढल खन्ने काम जारी रहेका छन् ।ढल निर्माण र बाटोको उन्नतीको लागि कासन खुपागा लुकुण्डोलका जनताहरू पनि अघि बढेकाछन् । प्राप्त जानकारी अनुसार नेमकिपाका केन्द्रिय सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नं १ का संघीय सांसद श्री प्रेम सुवालको पुर्वाधार विकास कोष (सांसद बिकास कोष) को रु १५ लाख र वडाबाट विनीयोजित रू ३ लाखबाट १२० मिटरसम्म ढल निकास र बाटो स्तरउन्नती गर्ने बताइयो । प्राप्त जानकारी सो को आवश्यक बन्दोबस्त गर्न राजकुमार लघुको नेतूत्वमा ९ सदस्यिय न्हति कुलदेवता बाटो स्तरउन्नति तथा खुपागा लुकुण्डोल ढल निर्माण उपभोक्ता समिति सचिव मा तुल्सी नारायण सुवाल, कोषाध्यक्ष रूपा राजुले सदस्यहरू तुल्सीराम बासुकला,श्री प्रसाद बासुकला,कूष्णकुमार राजचल,,केशव दुवाल, राज्यलक्ष्मी सुवाल,अन्जना पाण्डे,रबिन ख्वालापाला रहेका छन । वडा बजेटको परिचालन को लागि श्री प्रसाद बासुकलाको नेतृत्व मा ७ सदस्यिय खुपागा लुकुण्डोल बाटो स्तरउन्नती उपभोक्ता समिति गठन गरेको थियो । जसमा सचिव केशव सत्ता, कोषाध्यक्ष,बुद्धलक्ष्मी बासुकला सदस्यहरू सीताराम सुवाल,गंगाराम सुवाल,कूष्णगोबिन्द बासुकला, राजाराम दुवाल रहेका छन । उपभोक्ता समितिका अध्यक्ष राजकुमार लघुको भनाई अनुसार रू १५ लाखको आधा बजेट न्हतीउकालो बाटो स्तरउन्नतीको लागि विनियोजन भएर कार्य सम्पन्न भएको छ। बाकी रू ७ लाख ५० हजार र वडा बजेट रू ३ लाख गरी रु १० लाखमा खुपागा लुकुण्डोलमा ढलनिकासको बन्दोबस्त गरिनेछ ।
स्थानीय जनताको आर्थिक सहयोग र जनश्रमदानबाट जति सकिन्छ त्यति नै थप ढल निकास निर्माण र बाटो स्तरउन्नति गर्न प्रयास गर्ने बताईएको छ । त्यसको निम्ति स्थानीय जनता घर धनीले रू १० हजार र हाललाई रू ५ हजार र पछि घरवनाए पछि रू ५०००हजार थप्ने गरी कार्य अगाडि बढाइरहेको छ । न्हति कुल देवता बाटो स्तरउन्नति तथा खुपागा लुकुण्डोल ढल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार लघुका अनुसार आर्थिक सहयोग संकलनको लागि स्थानीयवाट ब्यबसायी,पानी ब्यबसायी,बालुवा तथा पाङ्गो माटो ब्यबसायीहरू पनी आर्थिक सहयोगको निम्ति पत्राचार स्थानीय युवाहरू केशब सत्ताको नेतृत्वमा ९ सदस्यीय आर्थिक समिति बनाएको बताएको छ । माननीय सभासद प्रेम सुवालको पूर्बाधार बिकासमा ल्याई २ बर्ष भित्र ग्यावीगवाल बनाए बाटो फराकिलो पारी स्तर उन्नतीको साथै पिचगर्न प्रयास गरिने गरी सम्बन्धित निकायमा पहल गरिरहेको बताइएको छ । फाइल फोटो