सोमबार स्वतन्त्र पत्रकारको साधारणसभा


चैत २२, २०७७, आइतबार | साँझ ०४:३९ बजे | 45


भक्तपुर । सोमबार स्वतन्त्र पत्रकार संघ भक्तपुरको दोश्रो वार्षिक साधारणसभा हुने भएको छ । साधारणसभाको उदघाटन वागमति प्रदेश सञ्चार रजिष्टारको कार्यालयका रजिष्टार रेवतीप्रसाद सापकोटाले गर्नेछ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ केन्द्रका बरिष्ठ उपाध्यक्ष केवी सम्राटले पनि बोल्ने कार्यक्रम छ । साधारणसभा संघका जिल्ला अध्यक्ष डा इन्दुल केसीले गर्नेछ । साधारणसभाले नयाँं नेतृत्व चयन गर्नेछ ।  

Comments