सोमबार व्यापार मेलामा आकर्षण नृत्य प्रस्तुत हुने


चैत २२, २०७७, आइतबार | साँझ ०४:१७ बजे | 20


भक्तपुर । भक्तपुरको महेश्वरी खेल मैदानमा भइरहेको भक्तपुर साँंस्कृतिक व्यापार तथा फागुपूर्णिमा महोत्सव २०७७ को क्रममा सोमबार आकर्षक नृत्य प्रस्तुत हुने भएको छ । सोमबार दुर्गेस थापा, रचना रिमाल, चन्द्र सिंह घले, नेपालकै कान्छो जादुगर गणेश केसीलगायतको प्रस्तुति हुने जनाइएको छ । साथै नमस्ते डिजिटल हवको पनि प्रस्तुति रहनेछ । मेला चैत २५ गतेसम्म चल्नेछ ।

Comments