भक्तपुर स्काउटद्धारा एसपी प्रधानलाई विदाई
असार ४, २०७७, बिहीबार | विहान ०८:४३ बजे | 25
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी प्रमुख एसपी सबिन प्रधानको बिदाइ समारोह जिल्ला स्काउट कार्यालय भक्तपुरले आयोजना गर्याे । जिल्ला आयुक्त रामगोपाल कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा एसपी प्रधानलाई भक्तपुर स्काउटको तर्फबाट मायाको चिनो, खादा, फुलमाला अर्पण गर्नुभयो । कार्यक्रममा जिल्ला कार्यक्रम आयुक्त पुण्यराम गोठे, स्थानीय आयुक्त कृष्णसुन्दर प्रजापति, जिल्ला तालिम आयुक्त अच्युत प्रजापति, जिल्ला समन्वय आयुक्त शिबकुमार त्वायनाले बिदाई शुभकामना मन्तब्य दिनुभयो ।
[[img2]]