श्रमिक साप्ताहिकको अन्तरक्रिया
चैत २१, २०७७, शनिबार | विहान ०३:२१ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनमा बर्ष २८ अंक ११ र २०७७ चैत १७ गते मंगलवार प्रकाशित श्रमिक साप्ताहिकको अन्तरक्रिया बिहिवार सम्पन्नभयो ।
उक्त कार्यक्रमका अतिथि नेमकिपा भनस प्रतिनिधि उपेन्द्र सुवालले माननीय सांसद प्रेम सुवालको सांसदकोषबाट कोभिडको सामाग्री वितरणमा सहयोगको अपेक्षा राख्दै वडा कार्यालय मार्फत घरदैलो वितरण गर्ने बताउनुभयो । उहाँले जनताको घरदैलोमा पुगी जनताको बीचमा पुगे जनताका समस्या र गुनासाहरु पनि सुनेर समाधान गर्न पाइने बताउनुभयो । उहाँले विस्केट जात्रा नजिकि रहेको बेला कोभिड १९ को दोश्रो लहर नेपालमा भित्रिने सम्भावना बढी रहेको साथै भारतमा दैनिक पचासौं हजार संक्रमित भई रहेकोले नेपालका खुल्ला सीमानाका कारण दोश्रो लहर नेपालमा फैलिए विस्केट जात्रामा प्रभावित हुने भएकोले हुल हुज्जत नहुने गरी मनाउनु पर्ने बताउनुभयो । उहाँले भक्तपुरमा सदरमुकाम सार्ने बारे भई रहेको चलखेल प्रति विरोध गर्दे शताब्दिऔं पुरानो नगरबाट जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरि परिसर र जिल्ला समन्वय समिति सार्न नहुने बताउँदै खानेपानी समस्य समाधान गर्न मेलम्चीको पानी भक्तपुरमा पनि खसाल्नु पर्ने बताउनुभयो । उहाँले सरकारमा गएका कम्युनिष्ट पार्टीका नेताहरु दलाल पुँजीवादका नोकरशाही र भारतीय एकाधिकार पुँजीका दलाल भएको कारण देशको राजनीति अन्यौल ग्रस्त हुनुका साथै देश र जनताको हितमा हुनै पनि कार्य हुन नसकेको बताउनुभयो ।
कार्यक्रम भनपा ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कोभिड १९ बाट नेपाली जनता जोगाऔं भन्ने सम्पादकीयमा बोल्नु भएको थियो भने सचिव रामकृष्ण प्रजापतिले प्रध्यापक श्रेष्ठसंग भएको विद्धता किन संग्रह गरिएन ? भने प्रेम सुवालले नेपाल भाषा साहित्य तःमुज्याद्धारा आयोजित प्रा.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभाको मन्तव्य बारे बोल्नु भएको थियो । त्यस्तै घोत्लिनै पर्ने केही समसामयिक विषय बस्ते बारे केबि प्रजापति, चीन र संरा अमेरिकाको फरक दृष्टिकोण बारे कृष्णगोपाल गाईजूले आ–आफ्नो प्रस्तुति राख्नु भएको थियो । (फाइल फोटो)