भक्तपुर । फाल्गुन २३ गतेबाट यस संस्थाको शिक्षा उपसिमितको संयोजक श्री श्याम सुन्दर कवां ज्यू को सभापितत्वमा तालिम कक्षमा समुदघाटन भएको चैत्र ९ गते सम्म संचालनमा रहेको उदघोषण तालिम मिति चैत्र १४ गतेका दिन प्रशिक्षार्थि समुहद्वारा सानो प्रयास स्वरूप आयोजना गरेको उक्त तालिमको समापन तथा औपचारिक कार्यक्रम गरि तालिम कक्षमा सम्पन्न गरियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जय भिमसेन बचत तथा ऋण सहकारी संस्थाका नि. अध्यक्ष श्री रत्न बहादुर शिल्पकार , अतिथि शिक्षा उपसमितिका संयोजक श्री श्याम सुन्दर कवां , अतिथि प्रशिक्षक श्री सिमान्त शिल्पकार ज्यु र सभापति संस्थाका अध्यक्ष श्री रामकाजी शिल्पकार ज्यको सभापतित्व सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत गर्नुहुने प्रशिक्षार्थी श्री रविना शिल्पकार ज्युले गर्नुभएको थियो र धन्यबाद ज्ञापन यसै समुहका श्री रामलक्ष्मी शिल्पकार ज्युले गरि श्री उकेश तचामो ज्युले कार्यक्रमको उद्घोषण गर्नु्भएको थियो ।