सिरहाको भोक्रहामा विवादमा अडकीएको राहत वितरण


चैत १२, २०७७, बिहीबार | विहान ०१:५५ बजे | 35


सिरहाको भोक्रहामा विवादमा अडकीएको राहत वितरण

महेश सिंह
सिरहा । सिरहाको कल्याणपुर गाउँ पालिका ६ भोक्राहामा प्रदेश सरकारले कोरोनाको समयमा पठाएको राहत बिवादमा परेर केहि महिना देखि रोकिएको थियोे। वडा अध्यक्ष मोतिबुल राईन ले केहि महिना अगाडि देखि बाडन लागेको राहत विवादमा चुलीएको थियोे।

घरेलु तथा साना उधोग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत स्थानीय राजनितिक बिबाद र खिचातानीका कारण बितरण हुन नसकेको राहत बुधबार  स्थानिय राजनितिक दलका प्रतिनिधि ,वडा सदस्य समाजका  बुद्धिजिबि भद्रभलादमिको रोहबरमा राहत वितरण गरेको हो। राहतको विषय लिएर बिगत १५ दिन देखि बिवाद चल्दै आएका थिए ।
 
बिवाद सुल्झाउन विभिन्न दलका पर्तिनिधिको सर्बद्लिय बैठक बसेको थियो।उक्त बैठक बाट निर्णय भई उक्त राहत वितरण गरेका सम्बन्धित वडा का अध्यक्ष राईन ले बताए ।
वडा का दलित र बिपन्न  परिवार  पहिचान गरी ५८ घर धुरीलाई राहत दिएका छन् ।  

सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत दोस्रो चरणको राहत वितरण गर्न सीधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो।महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि  सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो ।  
प्रदेश–२ सरकारले घरेलु तथा साना उधोगको कार्यालय लहान सिरहाबाट उक्त राहत पठाएको थियोे ।राहत सामग्रीमा १ बोरा १ पाकेट खाने तेल १ किलो नुन २ सय ग्राम स्वयाविन र १ पिस हात धुने साबुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको वडा न ६ वडा अध्यक्ष मोतिबुल राईनले बताएको छ ।

Comments