सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण


चैत १२, २०७७, बिहीबार | विहान ०१:४४ बजे | 35


समिता भारती
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सवारी दुर्घटना कम गर्न बन्देउमा सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जनस्वास्थ्य कार्यालयको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिका ११ बन्देउमा आईतबार सवारी चालक तथा सहचालकहरुको दक्ष स्वास्थकर्मीबाट प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो।
उक्त परीक्षणमा २ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणका क्रममा चालक र सहचालकहरुलाइ विभिन्न  समस्या पनि देखिएको थियो।
परीक्षण गरिएका २ सय २ मध्ये १८ जनालाई कलर भिजन समस्या र ३२ जनालाई प्रेसरको समस्या देखिएको छ। समस्यामा देखिएका चालक र सहचालकलाई आवश्यक परामर्श दिदैँ सम्बन्धित डाक्टरकोमा जान सल्लाह दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो।
कार्याक्रममा प्रहरी निरीक्षक घिमिरेले ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धित सचेतनामुलक जानकारी समेत दिनुभएको थियोे।

Comments