आजदेखि भक्तपुर जनस्वास्थ्यको ओपीडी सेवा सुरु


2020-06-16 05:48:09

भक्तपुर । आज मंगलबारदेखि भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्दहरुमा ओपीडी (बहिरंग सेवा) सेवा सुरु भएको छ । केन्द्रमा कोरोनाको लकडाउनसँंगै ओपीडी सेवा बन्द भएको थियो ।

केन्द्रका इन्चार्ज डा रत्नसुन्दर लासिवाका अनुसार केन्द्र अन्तर्गतका च्याम्हासिंह, भगवतीस्थान र व्यासी तीन वटै स्वास्थ्य केन्द्रहरुमा मंगलबारदेखि ओपीडी सेवा सुरु भएको छ । जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह, जनस्वास्थ्य सेवा केन्द्र भगवतीस्थान र नगर स्वास्थ्य केन्द्र व्यासी तीनै ठाउँंमा सेवा सुरु भएको डा लासिवाले जनाएका हुन् । सेवा अन्तर्गत यसअघि जस्तै च्याम्हासिंहमा विहान र बेलुकी, भगवतीस्थानमा बेलुकी मात्रै र व्यासीमा विहान सात वजेदेखि दिउँंसो दुई बजेसम्म सेवा सुचारु हुनेछ ।
[[img3]]
भक्तपुर नगरपालिकाले स्वास्थ्य सेवा अन्तर्गत तीन ठाउँंमा स्वास्थ्य केन्द्र बनाई ओपीडी सेवा उपलव्ध गराउँंदै आएको छ । यी तीनमध्ये च्याम्हासिंहमा इमर्जेन्सीसेवासहितको अस्पताल सेवा पनि उपलव्ध छ । यहाँं अन्तररंग सेवा पनि उपलव्ध छ । नगरपालिकाले अहिले च्याम्हासिंहमै ठूलो ख्वप अस्पताल सञ्चालनका लागि भबन निर्माण गर्दै आएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *