यो वर्षको विस्केट जात्रा नरोकिने


चैत ११, २०७७, बुधबार | दिउँसो १२:३२ बजे | 25


भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले वढ्दो कोभिड जोखिमबाट वच्न कुनै पनि किसिमको मेला, जात्रा, साँस्कृतिक कार्यहरु नगर्न, नगराउन सम्वन्धित सबैमा अनुरोध अनुरोध गरेको छ । तर यो वर्ष चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म हुने विस्केट जात्रा भने नरोक्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बुधबार यहाँं आयोजित पत्रकार सम्मेलनमा कोभिड संक्रमणको जोखिमबाट बच्न नजिकिर्दै गरेको होली  पनि स्वास्थ्य मापदण्ड अपनाईकन मात्र मनाउन अनुरोध गरे । तर यो वर्षको विस्केट जात्रा नरोकिने उनले स्पष्ट पारे । तथापि परम्परा जस्तै अत्याधिक भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर जात्रा गर्ने उनले जनाए । कोभिडका कारण गतवर्ष जात्रा रोएिको थियो ।
गतवर्ष रोकिए पनि यो वर्ष जात्रा नरोकिने भटराईले बताए । यो वर्षको जात्राको लागि आवश्यक तयारी थालिसकेको छ । जात्राको लागि चाहिने भैरब र भद्रकालीको रथ बनाउन सुरु गरिसकेको हो । भक्तपुरको पाँंचतल्ले मन्दिरमा जात्राका लागि रथ बनाउन थालिएको हो ।
भटराइले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लघंन गरेको खण्डमा संक्रमण रोग २०२० बमोजिम कारवाही हुने जानकारी गराए । अन्य सेवाहरु स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रदान गर्ने उनी बताउँछन् । कोभिडको जोखिमबाट वचाउन ६ वटा निर्णयहरु गरिएको उनले जनाए ।

Comments