चैत १४ गते विश्व नेवार दिवस हुने
चैत १०, २०७७, मङ्गलबार | दिउँसो १२:२९ बजे | 30
काठमाडौं । विश्वभर फैलिएर बसेका नेवार समुदायलाई एकतावद्ध बनाउन हली नेवाः दवू नेपालको आयोजनामा राजधानीमो चौथौं नेवार दिवस मनाइने भएको छ । दिवस चैत १४ गते शनिबार काठमाडौंको वसन्तपुरमा मनाइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । दिवसको उदघाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गर्ने कार्यक्रम तय गरेको पत्रकार सम्मेलनमा जनाइयो । सम्मेलनमा हली नेवाः दवूका विविध गतिविधिहरु संलग्न गरी विशेषांक विमोचन गरिने जनाइएको छ । कार्यक्रममा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने जनाइयो । यसैगरी लोकप्रिय गायक स्वर्गीय रमेश ताम्राकारको सम्झनामा स्थापित पुरस्कार पहिलो पटक नगदका साथै प्रदान गर्न लागिएको जनाइयो । नेपालकी छोरी हुनुका साथै सञ्चार क्षेत्रमा सक्रिय भएर अगाडि वढिरहेकी पत्रकार श्रीमति कल्पना महर्जनले नेपाल र चीन दुवै मोहडाबाट सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्न सफल भएकाले उनलाई नगदका साथै सम्मान गर्ने जनाइएको छ । सम्मेलनमा कार्यक्रमका प्रमुुख संयोजक सुरेन्द्रभक्त श्रेष्ठले विश्वका नेवार ः चुनौती अवसर विषयमा बहस कार्यक्रम पनि हुने बताए ।