पानी र रोपाई
असार २, २०७७, मङ्गलबार | विहान ०४:४३ बजे | 55
लेखक ( कुमार लघु )
लौ असार आयो रोपाईको महिना
वर्षभरी खानको निम्ति जर्गेना गर्ने
रोपाई गर्न पानी आवश्यक
जमिनमा नै रोपाई गर्नपर्छ
रोपाई किसानले हण्डरले गर्छ
रोपाई भनेर रोपाई हुने होईन ?
देवाली पूजा पछि
फूल प्रसाद,अक्षता र चट्टामारी लिई
माटो खनेको व्याडको कुनामा राखी
विऊ जमाउन भन्दा अघि पूजा गरिन्छ
पूजा खेतको व्याडमा श्रद्दाभावले
विऊ राख्न जाने सवैले पूजा गर्छन
त्यो वेला करूणामयको नाम आउँछ
जय करूणामय प्रशस्त अन्न उत्पादन होस्
भने मनको आकाँक्षा व्यक्त हुन्छ
अनि धानको विऊ गेडा छर्छन्
बाजे जेठोले विऊ हाल्छन्
धानको गेडा छरेपछि
माटोले छोप्छन सम्मपारी कोदालोले
महिलाले हातले सम्याउन्छ
हप्तादिन सम्म छ्वाली र परालले
छोपी चराचुरङ्गीवाट वचाउन राखिन्छ
विऊ बिजनको जर्गेना समयमै गर्नुपर्छ
तब असार रमणिय मान्न सकिन्छ
पानी समयमै परियो भने
विऊको महत्व बड्छ
एक पटक गोडमेल गर्नुपर्छ
दुई हप्तामा रोपाई चल्छ विऊले
माटो खन्दै सम्याउदै,बापास्या गर्दै
महिला दिदी वहिनीहरूले
धानको विऊ समाउदै
कमरदेखिको भाग झुकाएर
मन रमाउन्दै धानको विऊ रोप्ने हुन्छ
मल र जल आवश्यक मात्रामा राख्नुपर्छ
यो कुरो विर्सीन हुन्दै
यो वेला हो गाउँ शहर ,वजारमा
असारे गित नेवारीमा (
दिदी वहिनीले घन्काउने वेला हो ,
वा पासा वा वा वापिय वा
वापिङ दाछिता जर्गेना याय वा ।
ग्वाहालि वला धेपचा झिथाय
व धेप चाङ बजिनला पिचाङ छपिचा ।।
खाजा समयमा खाजादरो हुन्छ है
रोटी आलु गुन्दुक र तरकारी आदी
धानवारीमा मल र घाँस नउम्रीने
औषधि छर्किन विर्सन हुन्दैन
रोपाई आनन्दले सक्याउन
सपरिवार लागौँ धान रोपौँ ।
भक्तपुर ,नेपाल