पत्रकार महासंघ भक्तपुरमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड
चैत ८, २०७७, आइतबार | विहान ११:४१ बजे | 35
भक्तपुर, ८ चैत । नेपालपत्रकार महासंघको आसन्न निर्वाचनमा भक्तपुरका अग्रज पत्रकारहरुले सर्बसम्मत भक्तपुर शाखाको नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित अन्र्तक्रिया कार्यक्रमा सहभागि पत्रकारहरुले निरन्तररुपमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाहरुको सक्षम नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।
श्रमजीवी पत्रकारहको हकहितको पक्षमा आवाज उठाउने, स्वरोजगारमूलक सानालगानी सञ्चार माध्यमको संरक्षण प्रर्वद्धन गर्न, समानुपातिक बिज्ञापन प्रणाली लागू गराउन, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न, पत्रकार आचार संहिताको पालाना तथा अनुगमनमा जोड दिन सक्ने र पत्रकारका लागि खोज पत्रकारिता एवं क्षमता बिकासमा जोड दिन सक्ने नेतृत्व सर्बसम्मत चयन गर्नुपर्नेमा पत्रकारहरुले जोड दिएका छन् ।
पत्रकारिता क्षेत्रको समंग्र बिकासमा लाग्न सक्ने नयाँ नेतृत्व अबको आवश्यकता रहेको औल्याउदै पत्रकारहरुले फरक बिचार भएतापनि पत्रकारिताको क्षेत्रमा एकताबद्ध भएर जुट्ने र पत्रकार महासंघको एउटै छातामा सबै अट्न सक्ने गरि जानु पर्नेमा जोड दिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेश सचिव अमर भुजु, भक्तपुर पत्रकार महासं शाखाका वर्तमान अध्यक्ष पुष्कर बुढाथोकी, भक्तपुर पत्रकार महासंघका संस्थापक सभापति रमेश खड्का, पूर्व सभापति विकलप्रसाद श्रेष्ठ, क्रियाशिलपत्रकार मञ्चभक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस संगठन नेपाल भक्तपुर शाखाका सहसंयोजक सञ्जीव सुभचिन्तक, हाम्रो समाज साप्ताहिकका सम्पादका मणिराम लामिछाने,पत्रकार महासंघ भक्तपुर शाखाकापूर्व सचिब जगत प्रजापति,रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापा लगायतले सञ्चार क्षेत्रको विकासमा आगामी नेतृत्वले सफल भूमिका निर्वाहा गर्न सक्ने व्यक्ति चयन गर्नुपर्नेमा जोड दिएका थिए ।