मेयर उद्यमशीलताले तालिममा खैलाबैला


चैत ८, २०७७, आइतबार | विहान ०५:१३ बजे | 40


भक्तपुर । चाँगुनारयण नगरपालिकाको आयोजनामा भइरहेको मेयर उद्यमशीलता तालिममा हिजो पाँचौं दिन तालिममा खैलाबैला मचिएको छ ।
तालिममा मेयर सोम मिश्रले चौपाया गरि उद्योमि गर्न चाहने व्यक्तिलाई अनुदान नदिने कुरामा तालिममा खैलाबैला मचिएको हो । मेयर मिश्रले तालिम भइरहेको सभामा गाई भैसी ,बाख्रा लगायत चौपाया गर्न सोच बानाएको व्यक्तिलाई अनुदान नदिने कुरा व्यक्त गरेको गरेको थियो । मेयर मिश्रले विज्ञहरुसंगको परामर्ष बाट चौपायमा लाग्दा आर्थिक प्रगति गर्न नसकेने भएकोले सबै तालिममा सहभागीहरुलाई आर्थिक रुपमा विकास हुने काम गर्न आग्रह गरेको हो । जुनसुकै व्यवसाय गरे पनि नगरभित्र नै गर्न मेयर मिश्रले सबैलाई उत्साहित गरेको छ ।
मेयर मिश्र गएपछि फेरि तालिममा खैलाबैला
मेयर सोम मिश्रले चौपाय गर्ने सोच बनाएका व्यक्तिलाई नगरपालिकाले अनुदानमा सहयोग नगर्ने भनेपछि सबैलाई निसाश पारेको छ । तालिममा सहभागि श्याम कृष्ण बास्तोलाले आफुले सिक्दै आइरहेको आई पालन व्यवसायबाट नै आफुनो घर खर्च चलाइरहेको ,त्यसैबाट छोराछारीलाई उच्च शिक्षा सम्म अध्ययान गर्न लगाएको हुँदा मैले यसैमा भविष्य देखेको छु भन्नले सुनाए । तालिमबाट केहि कुरा सिक्न सक्रिन्छ कि भनेर र अनुदानबाट थप राहात हुँने भएकोले तालिममा उपस्थित भएको बास्तोलाले भने । त्यस्तै तालिममा सहभागी करण बोगतीलेको पनि यस्तै कुरा छ । आफु उन्नत जातको बाख्रा पालन गरेर आफु र आफ्नो परिवारलाई रोजगारी सृजना गर्ने सोचका साथ तालिममा सहभागि गरेको तर मेयरले निराश बनादिएको कुरा सुनाए ।

Comments