एनटीभीको महाप्रबन्धकमा काभ्रेका फुलमान
चैत ७, २०७७, शनिबार | विहान ०६:४३ बजे | 30
काठमाडौं । नेपाल टेलिभिजनको महाप्रवन्धकमा काभ्रेको तिमाल गाउककंपालिका–१ सस्यूंखर्क आधाबाटोका फूलमान वल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो । बल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् ।
यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो । फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । वल नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारीमा आवद्ध छन भने सामुदायीक रेडियो रेडियो नमोबुद्व एफएमका संस्थागत अध्यक्ष समेत हुन ।
यस्ता छन फूलमानको संघर्षका यात्रा
नाम ः फूलमान वल ।
ठेगाना ः तेमाल १ काभ्रे ।
जन्म ः वि.सं. २०३६ साल असोज १२ गते ।
प्रकाशित कृति ः ‘काजोल खातुन’ कथासङ्ग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासङ्ग्रह र ‘म्हेन्दोमाया’ नाटक ।
चलचित्र र गीत ः ‘सेलफोन’, ‘नीरफूल’ लगायत चलचित्र,’म्हेन्दोमाया’ र ‘बुद्धचित्त’ बृत्तचित्रहरु,’म फूल हुँ’,’तिमी बदनामी’ लगायत चलचित्र तथा राष्ट्रिय गीतहरु १ दर्जन ।
पुरस्कार ः गरिमा सम्मान तथा पुरस्कार,प्रज्ञा प्रतिष्ठान बेलायतको प्रतिभा पुरस्कार,राष्ट्रिय कविता प्रथम पुरस्कार,मोति पुरस्कार,ललितकला पत्रकारिता पुरस्कार लगायत ।
संलग्न संस्था ः कान्तिपुरका वरिष्ठ उपसम्पादक, रेडियो नमोबुद्धका संस्थापक अध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ(अकोराव) पूर्व उपाध्यक्ष,मदन भण्डारी साहित्यकला एकेडेमी,जनसांस्कृतिक महासंघ, अनेरास्ववियु,प्रेस चौतारी लगायत ।