अग्रज किसान कार्यकर्ता स्व.हरिलाप्रति श्रद्धाञ्जली


चैत ५, २०७७, बिहीबार | दिउँसो १२:४० बजे | 30


भक्तपुर । नेपाल क्रान्तिकारी किसान संघ भनपा वडा नं ९ दत्तात्रय समितिको आयोजनामा अग्रज किसान कार्यकर्ता स्व.हरिलाल छुस्यावागतको श्रद्धाञ्जली सभा एक समारोह बीच फुलको माला र गुच्छा अर्पण गर्दे एक मिनेट मौन धारण गरेर तचपाल मकोमा बुधवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकरी किसान संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोबिन्द दुवाले जीवन भर मजदुर किसान गरिबी मुक्तिको लागि काम गर्दै आएका हरिलाल छुस्यावाग आज हामी सामु नभएपनि वहाँको विचार र भावना कहिले पनि नमर्ने बताउनु भयो । उहाँले व्यक्तिगत स्वास्र्थ लाग्ने धनिमानीहरुको मृत्युमा कसैले आँसु नझार्ने बताउँदै विद्यालय शिक्षा समेत नभएतापनि त्याग तपस्या र बलिदानका साथै वर्ग संघर्ष विना मुक्ति नपाउने बताउनु भयो । उहाँले हरेक जात र व्यवसाय गर्नेहरुमा धनी र गरिब वर्ग भएकोले गरिब र तल्लो वर्गको मुक्तिको लागि संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले २०२५ साल श्रवाण २ गतेको आन्दोलनमा भेट भएका हरिलाल छुस्यावागले मोहियानी हक आन्दोलनमा निभाएका कारण आज किसानहरुको जीवन स्तर माथि उठेको कुरा नयाँ पुस्ताले भुल्न नहुने बताउनुभयो । उहाँले वर्गिय चेतनाका कारण चुनावमा अझै हामी पछि परेकोले नयाँ पुस्तालाई वर्गिय चेतना, सिद्धान्त र विचारको संघर्ष गर्नु पर्ने बताउनुभयो । उहाँले सत्रुको अगाडि नझुकि मुटु द¥हो गरी संघर्ष गर्ने पुराना कार्यकर्ताहरुको सहस नयाँ पुस्ताले सिक्नु पर्ने बताउँदै विभिन्न षडयन्त्रमा फसाउन २०४५ सालमा भक्तपुर काण्ड घटाएको बताउनुभयो । उहाँले किसान संघर्ष, मोहियानी हक आन्दोलन र बालि काट्ने आन्दोलनका कारण आज बुहारी, छोरी र दाजुभाइलाई मोहियानी जाने बन्दोबस्त भएको र यसले राप्रपा, नेका, एमाले र माओवादीका कार्यकर्ताहरुको समेत मोहियानी हक पाएको बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तावार विरुद्ध निरन्तर संघर्ष गरिरहेको बताउँदै देशको राजनीति भागबन्दा र व्यक्तिगत र दलगत स्वार्थका कारण राजनीतिक अन्यौलको स्थिति तर्फ पुगेकोले र नेताहरु देश र जनतको हितमा कुरा गर्नुको सत्ता एक अर्कालाई तल्लो स्तरमा गाली गर्ने राजनैतिक नैतिकता नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले हरिलाल छुस्यावागहरु जस्ता अग्रज कार्यकर्ताहरुका कारण पार्टी कार्यकर्ता बनेको बताउँदै हरिलाल छुस्यावाग मिलनसार र धैर्यवान व्यक्ति भएको बताउनुभयो । उहाँले भुमिगत समयमा पर्चा पम्पलेट टाँस्ने बेला सिमित कार्यकर्ता भएको कारण कसले टाँसेको थाहा पाउने भएकोले पञ्चायतका मण्डलेहरुले पिट्ने डरले खेतबाट अवेर घर आउने स्मरण सुनाउनु भयो । उहाँले व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा माथि उठी समाज, देश र जनताको हितमा काम समाजवादी व्यवस्थामा मात्र मजदुर किसानको शासन सत्ता हुने र शिक्षा स्वास्थ्य निःशुल्क र दुव्र्यसनी र कुलत नहुने आर्दश समाज बनाउन व्यवस्थाको निम्ति संघर्ष गर्नु भएकोले उहाँलाई श्रद्धाञ्जली गर्नुको सार्थक उहाँको विचार, सिद्धान्त र उदेश्य पुरा गर्न सवै अग्रसर हुनु पर्ने र नयाँ पुस्ताले काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले पार्टी प्रतिबन्धको समयमा निरंकुश पञ्चायत कालमा भुमिगत रुपमा काम गर्ने, अग्रजहरुले मोहियानी हक आन्दोलन र किसान संघर्ष नगरेको भए तराईका किसानहरुको हविगत भोग्नु पर्ने, रगतको नाता भन्दा विचारको नाताले हरिलाल छुस्यावागको सम्मानमा आज हामी उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गरिरहेको बताउनुभयो ।
कार्यक्रम नेपाल क्रान्तिकारी किसान संघ भनपा ९ दत्तात्रय समितिका अध्यक्ष पञ्चलाल लाछिमस्युको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका अध्यक्ष कृष्ण भक्त लवजू, वडा सदस्य इन्द्र बहादुर प्याठ, नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धर र सचिव रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।

Comments