प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली


चैत ५, २०७७, बिहीबार | दिउँसो १२:२१ बजे | 35


प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली
वाम बुद्धिजिवी एवम् वरिष्ठ समालोचक प्राध्यापक माणिकलाल श्रेष्ठको अन्त्येष्टि आज काठमाडौंको शोभा भगवती कर्णदीपमा भयो। दिवंगत प्राध्यापक माणिकलाल श्रेष्ठको पार्थिव शरीरमा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत वडाध्यक्ष, प्राध्यापकलगायतले श्रद्धाञ्जली अर्पण गरे।
त्यसैगरी प्रा. श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेताहरु, पूर्वसभामुख, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, आफन्तजनलगायत शोभा भगवती पुगेका थिए। लामो समयदेखि मृगौला र मुटु रोगबाट पीडित श्रेष्ठको निधन ८९ वर्षको उमेरमा उपचारको क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा २०७७ साल चैत्र ३ गते भएको थियो भने आज परम्पराअनुसार उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको थियो ।

Comments