फेरि भेटियो उपत्यकामा कोरोना
काठमाडौं । काठमाडौं उत्यकामा फेरि कोरोना संक्रमित भेटिएका छन् । उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जना, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धादिङका नौ जना, गुल्मीका सात, तनहुँ र बाँकेका पाँचरपाँच जना, धनुषा, सिराहा, रोल्पा र डोटीका चाररचार जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम तीनरतीन जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।