भेडाभेडा तिर


असार १, २०७७, सोमबार | विहान ११:०१ बजे | 5


कुमार लघु
नेपाल देसमा जहिले भेडाभेडा तिर लाग्छ
चौध वर्ष अगाडि क्रान्ति भयो
परिवर्तन आयो भन्थे ?
जनताको जिवन स्तरमा केही फरक आएन
उस्ताउस्तै ओडारमा जीवन वित्दैछ
गाऊमा सिटामोल नपाएर
जीवन त्याग भैरहेकोछ
शासकदलहरू सिंहदरवारमा फसे
एक आपसमा स्यालले
जनताको छाला माथी रजाई गर्न व्यस्त छन्
जनताले जनताको छोराछोरीले शासन गरेमा
जनताको समस्या समाधान होला भने
सोच विचारले जनताको उम्मेदवार जिताए
जित कसको जनताको नारा घन्काए
जनतालाई गुलियो पोसिएको विष थाहा थिएन
जनता आसै आसमा पन्ध्र वर्षमा रूमलिए
कुहिरो भित्र  हराएको काग छै जनता छक्क
जनता सोच्छन् मिठा कुरा गर्नेको
आदत देखेर वाक्क दिक्कछन् त
कम्युनिष्टहरू चिने छन्
जनता भन्दै हिडे्छ
यिनीहरू नक्कली कम्युनिष्ट भए है
ति भेडा रहेछन् ल
सक्कलि कम्यनिष्ट भए त  शिक्षा र स्वास्थ
निशुल्क अुनु पर्थाे
पूँजिवादी विचार बोकेको दानवहरू रहेछ
दानवले त जङ्गल लगि भकाभक खाए झै
जनताको देस र छालामा रमाउने भयो
जनताले वेलैमा खवरदार गर्न हतार भयो
कलकारखाना राष्टियकरण हुनु पर्थाे
यहाँ निजीकरणमा नै रमायो
यही हो भेडाभेडातिर को ऐना
सरकार नेकपा भाइ काँग्रेस र
काँग्रेस नै भयो ?
जनताले हुनु नहुनुमा
केही फरक पाएन्
धत् यसता पनि कम्युनिष्ट रे
लाजै लाग्छ किनकी वास्ताविकता
थाहा भए नी लाज लाग्ने हो
साँचिकै को जनता अब आउने
चुनावमा तह लगाई दिनै पर्छ ल ?
जनताले जनताको शासन चाहान्छ
समयले वसन्त पार गरि
अहिलेका शासकहरूलाई
थच्क पार्नेछन्
यो जनतासंग भएको अन्तिम अश्त्र हुन् ।

Comments