सि.वि.आर.भक्तपुरलाई रोटरी क्लव अफ भादगाँउद्धारा बिभिन्न सामाग्री हस्तान्तरण


चैत २, २०७७, सोमबार | दिउँसो १२:२२ बजे | 45


रोटरी क्लव अफ भादगाँउले भक्तपुर ईन्द्रयाण्ी पीठ स्थित “समुदायमा आधारित पुनस्र्थापना संस्था भक्तपुर (सि.वि.आर.)“लाई आज एक समारोह बिच संस्थालाई आवश्यक परेका बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । (सि.वि.आर.) संस्थामा अध्ययनरत अपङ्गता भएका बिद्यार्थीहरुलाई ह्वीलचियर २५ थान, २५थान ट्वाईलेट चियर, २५ थान वाकर स्टिक, २५ थान बैषाखी, ै(सि.वि.आर.) संस्थालाई आवश्य परेका सामानहरु उपलब्ध गराएको रोटरी क्लव अफ भादगाँउका अध्यक्ष प्रकाश थापाले बताउनु भयो । रोटरी क्लव अफ भादगाँउ भने कै सामाजिक काम गर्ने संस्था भएकोले यस संस्थाबाट देशमा बिभिन्न समयमा भएको बिपदको बेला, गरिव तथा असाहाय मानिसहरुलाई बेला बेला बिभिन्न आवश्यक सामाग्रीहरु सहयोग गर्दै आएको बताउदै सहयोग गरिरहने बाचा पनि गर्नुभयो ।
त्यस्तै समुदायमा आधारित पुनस्र्थापना संस्था भक्तपुर (सि.वि.आर.)का संयोजक सुरेश प्रधानले कारिव एक हजार जानालाई समुदायमा आधारित पुनस्र्थापना संस्था भक्तपुर (सि.वि.आर.) ईन्द्रिायणी पीठ लगायत बिभिन्न बिद्ययालयहरुमा अध्यापन गराईरहेको र अहिले सम्म यस संस्थाबाट करिव ४ हजार जना बिभिन्न अपङ्गता भएका ब्यक्तिहरुलाई शिक्षा दिईसकेको जानकारी दिनु भयो । बिगतमा बिभिन्न संघ संस्थाबाट सहयोग र नेपाल सरकारबाट समेत सहयोग भएता पनि देश संघियतामा गए पछि स्थानिय सरकारबाट केहि पनि सहयोग नभएकाले अहिले संस्था चलाउन गाह्यो भईरहेको बताउनु भयो । उहाँले राज्यले गर्नु पर्ने काम बिभिन्न दातृ निकाय, संघ संस्थाहरुसँग सहयोग मागेर यस्तो संस्था चलाउनु पर्ने अवस्था हुनु दुर्भाग्य भएको बताउनु भयो ।

Comments