वर्षाैदेखि वन्द रहेको भक्तपुरको सिलु महादेवको ढोका खोलिने


साउन २, २०८३, शनिबार | दिउँसो ०२:४३ बजे | 135


वर्षाैदेखि वन्द रहेको भक्तपुरको सिलु महादेवको ढोका खोलिने

शिलु महादेव मन्दिरमा श्रावण सोमबार विशेष पूजा, भक्तजनलाई दर्शनका लागि निमन्त्रणा

भक्तपुर, साउन — श्रावण महिनाभर प्रत्येक सोमबार भक्तपुरस्थित ऐतिहासिक शिलु महादेव मन्दिरमा विशेष पूजा–आराधना तथा दर्शनको व्यवस्था गरिएको छ।

श्रावण महिनामा भगवान शिवको विशेष आराधना गर्ने परम्पराअनुसार मन्दिरमा भक्तजनको सहज दर्शन र पूजाका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण भक्तपुर नगरपालिका वडा नं. २ ले गरेको जनाएको छ।

यस अवसरमा उक्त सहजीकरणका लागि भक्तपुर नगरपालिका प्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, श्रावण महिनाका प्रत्येक सोमबार शिलु महादेव मन्दिरमा पुगेर भगवान शिवको दर्शन तथा पूजा–आराधना गरी पुण्य लाभ लिन सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरिएको छ।

श्रावण महिना हिन्दु धर्मावलम्बीका लागि भगवान शिवको आराधनाको विशेष महिना मानिन्छ। यस अवधिमा विशेषगरी सोमबार व्रत बस्ने, शिवालयमा जलाभिषेक गर्ने तथा पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ। शिलु महादेव मन्दिरमा पनि प्रत्येक वर्ष श्रावण सोमबारका अवसरमा ठूलो संख्यामा भक्तजनको उपस्थित रहने गर्दछ।

Comments