नेमकिपाको सन्देश कार्यक्रम सम्पन्न
फाल्गुन २९, २०७७, शनिबार | विहान ०९:४२ बजे | 30
नेपाल मजदुर किसान पार्टीको ३१ औं परिषदको सन्देश कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिको आयोजनमा केन्द्रीय बैकल्पिक सदस्य एवम् भक्तपुर नगरसमितिका अध्यक्ष नारायण बहादुर दुवालको प्रमुख आतिथ्यतामा एक समारोह बीच सकोलानमा शुक्रवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर दुवालले सातौ महाधिवेशनबाट पारित प्रस्तावहरु प्रचार प्रसार र विभिन्न प्रदेशको जिम्मेवारी दिई संगठन सुदृढ गरिरहेको बताउँदै कोभिडले गर्दा असोजमा गर्नुपर्ने परिषद अहिले भएको बताउनुभयो । उहाँले कोभिड अमेरिकाबाट सुरु भएकोमा अमेरिकाले लुकाउन खोज्दा र लापरवाहीका कारण ठूलो क्षेति भोग्नु परेको बताउँदै चिनियाँ भाइरस र उहान भाइरस भई चीनलाई आरोप लगायता पनि चीनले त्यसमाथि सजिलै विजय हासिल गरेकोमा प्रशांस स्वरुप प्रस्ताव पारित गरेको बताउनु भयो । उहाँले कोभिडको विषयमा नेमकिपाका कार्यकर्ताहरु स्वयम् सेवक भई कार्य गरेको साथै स्थानीय तहमा नेमकिपा जितेको स्थानमा राम्रो प्रचारप्रसारले गर्दा क्षेति कम भएको बताउनुभयो । उहाँले खुल्ला सीमाका कारण भारतबाट आएकाहरुबाट कोरोना भाइरस तिब्र फैलिएको बताउँदै कोभिड भएको जाहाज कसैले नलिएको बेला क्युवाले मानवताबादी धर्म देखाएकोमा समेत परिषदले प्रशंसा स्वरुप प्रसाव पारित गरेको बताउनुभयो । उहाँले एमसिसि संसदबाट पास गर्न खोजेकोले नेकपाको सरकार कम्युनिष्ट सरकार नभएको बताउनुभयो । उहाँले लुकासाको मृत्युमा श्रद्धाञ्जली व्यक्त गर्दे पार्टीले चिल्लीमा फाँसिवाद र मजदुर किसान प्रकाशन गरेको साथै पार्टी प्रकाशन र पुस्तक प्रदर्शन समेत गरी बैचारिक र सैद्धान्तिक स्तरलाई जोड दिएको बताउनुभयो । उहाँले किसान कार्यकर्ताहरुको निधनको दुखद घडीमा शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो । उहाँले पुस ५ गतेको संसद विघटन स्वभाविक भएकोमा पुनस्थापनाले झन देशमा राजनैतिक अन्यौल र अस्थिरता बढेको बताउँदै अमेरिकामा अहिलेसम्म पनि रंगभेड रहेको जर्ज फ्लोयडको हत्याले प्रमाणित भएको बताउनुभयो । उहाँले भारतमा पनि विभिन्न देशबाट आएका मुसलमान बाहेकलाई नागरिकता दिने कार्य विभेद भएको बताउँदै बरु चीनले गरिबी मुक्तीको लागि बिआरआईले संसारको गरिब देशहरुलाई विकासको लहर ल्याईदिएको बताउनु भयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिको अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामकृष्ण प्रजापति र इन्द्र बहादुर प्याथले पनि बोल्नु भएको थियो ।