भक्तपुरको सांस्कृतिक पर्यटन प्रवद्र्धनबारे छलफल


असार ३१, २०८३, बुधबार | राति ०९:२० बजे | 70


भक्तपुरको सांस्कृतिक पर्यटन प्रवद्र्धनबारे छलफल

भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको साँस्कृतिक पर्यटन उद्योगको विकासको लागि सरोकारवाला संघसंस्थाहरु दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय, गुठी संस्थान कार्यालय, कला संग्रहालय, भक्तपुर पर्यटन विकास समिति, होटल एशोसियसन अफ भक्तपुर र इतिहासविद्, संस्कृतिविद्, संरक्षणविद्, पूजारीलगायत सरोकारवालाहरुसँग राय सुझाव संकलन र छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमबाट साँस्कृतिक नगर भक्तपुरको आर्थिक र सामाजिक विकासको एक आधारको रुपमा रहेको साँस्कृतिक पर्यटन उद्योगको विकासको लागि अल्पकालीन तथा दिर्घकालीन योजनाहरु निर्माण गर्न इतिहास र सँस्कृतिका विज्ञहरु तथा सरोकारवाला समूहहरुको प्रतिनिधित्व हुने गरी सम्भाव्यता अध्ययन समिति गठन गर्न भक्तपुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय ग¥यो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर मूर्त तथा अमूर्त सम्पदाले भरिएको सांस्कृतिक नगर भएकाले सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले आ।व। २०८३÷८४ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै पर्यटनसँग सम्बन्धित निकाय, विज्ञ तथा सरोकारवालासँग समन्वय गरी दीर्घकालीन योजना अघि बढाइने जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले सम्पदास्थलको संरक्षण, आन्तरिक पर्यटन प्रवद्र्धन, मौलिक सम्पदाको डिजिटल अभिलेखीकरण तथा धार्मिक–सांस्कृतिक पर्यटनको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सुझावसहित सहकार्य गर्न आग्रह गर्नुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख नवराज अधिकारीले विश्व सम्पदा सूचीमा सूचीकृत मूर्त सम्पदा तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सबै सरोकारवाला निकाय तथा समुदायले विशेष जोड दिनुपर्ने र पर्यटक प्रवेश शुल्क संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणाली लागू गर्नुपर्ने धारणा राख्नुभयो ।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भक्तपुर विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्यस्थल भएको बताउँदै लोपोन्मुख बाजागाजा, दाफा भजन, नाच तथा अन्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय कला संग्रहालय प्रमुख जयन्ती प्रधानले पर्यटकको बसाइ अवधि बढाउन दक्ष पथप्रदर्शकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
इतिहासविद् डा। पुरुषोत्तमलोचन श्रेष्ठले पच्पन्न झ्याले दरबारभित्र रहेका भित्तेचित्रहरू एसियाकै अनुपम सांस्कृतिक सम्पदाका रूपमा रहेको उल्लेख गर्दै तिनको वैज्ञानिक संरक्षण, अभिलेखीकरण तथा नियमित मर्मत–सम्भारमा विशेष जोड दिनुपर्ने र कृषि संस्कृतिलाई पनि पर्यटनसँग जोडेर आकर्षणको आधार बनाउनुपर्ने बताउनुभयो ।
इतिहासविद् विश्वमोहन जोशीले भक्तपुरका मौलिक पोशाक, परम्परा, संस्कार तथा सांस्कृतिक सम्पदाको व्यवस्थित डकुमेन्टेसन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
होटल एशोसिएसन अफ भक्तपुरका अध्यक्ष कृतन अवालले पर्यटनसम्बन्धी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने, भक्तपुर आउने पर्यटकलाई स्वागत तथा सगुनस्वरूप स्थानीय मौलिक परिकार जुजु धौ प्रदान गर्ने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले खेल पर्यटनलाई पर्यटन प्रवद्र्धनको नयाँ सम्भावनाका रूपमा विकास गर्नुपर्ने, पर्यटकको संख्या मात्र बढाउनेभन्दा गुणस्तरीय पर्यटनमा जोड दिई बढी समय बस्ने पर्यटक आकर्षित गर्ने रणनीतिहरु अवलम्बन गर्नुपर्ने
कार्यक्रममा सहभागी सरोकारवाला निकायहरुले भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण गर्न बाँकी रहेका सम्पदाहरूको शीघ्र पुनःनिर्माण गर्नुपर्ने, दरबार क्षेत्रभित्रका मन्दिरहरूमा नियमित पूजाआजा, दाफा भजन तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गरी पुनःजीवन दिनुपर्ने, पचपन्न झ्याल दरबार पर्यटकका लागि खुला गरी यसको पर्यटन उपयोगिता बढाउनुपर्ने, स्थानीय उत्पादन, हस्तकला र मौलिक सामग्रीको बिक्रीका लागि व्यवस्थित कोसेली घर स्थापना गर्नुपर्ने, भक्तपुर भ्रमणपछि पर्यटकले यहाँबाट के–कस्ता अनुभव, ज्ञान वा सामग्री लिएर फर्किन्छन् भन्ने विषयमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने, दाफा भजनलगायतका मौलिक सांस्कृतिक परम्पराप्रति नयाँ पुस्ताको आकर्षण बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।

Comments