श्रेय र प्रेय


असार ३१, २०८३, बुधबार | राति ०९:०१ बजे | 25


श्रेय र प्रेय

सुनील सापकोटा

आज कठोपनिषद्मा सम्बन्धी एक लेख पढियो। त्यहाँ श्रेय–प्रेय- विवेक को चर्चा गरिएको थियो। यही पूर्वीय चिन्तनको सार हो। ‘श्रेय’ अर्थात् श्रेष्ठ, हितकारी र कल्याणकारी। प्रेय माने प्रिय। मनपर्ने वा तत्काल सुखद लाग्ने। यो उपनिषद्ले के भन्छ भने यदि श्रेय र प्रेय मध्ये एउटा रोज्नुपर्ने अवस्था आए, सधैं श्रेयलाई रोज। प्रेयलाई त्याग। किनकि प्रेयमा सुख हुन्छ। तर श्रेयमा भने कल्याण हुन्छ। प्रेयमा लाभ हुन्छ, तर श्रेयमा शुभता हुन्छ। श्रेय भित्र ‘श्री’ अर्थात् समृद्धि, सौभाग्य र मंगलको सार निहित हुन्छ। तर प्रेयको निरन्तर कामनाले अन्ततः मानिसलाई ‘श्रीहीन’ अर्थात् आन्तरिक वैभव बाट वञ्चित बनाइ दिन्छ। कठोपनिषद्को प्रसिद्ध कथामा यमराजले नचिकेतालाई मन लागे को वरदान माग्न भने। नचिकेताले धन, सुख वा लामो आयु केही पनि मागेनन्। उनले केवल जीवन र मृत्युको रहस्य जान्ने ज्ञान मागे। यमराजले धेरै प्रकारका सुख सुविधाको लोभ देखाए। तर नचिकेता त्यसमा आकर्षित भएनन्। उनले सत्य ज्ञानलाई नै रोजे। यही कार णले उनी श्रेयको मार्गमा अडिग रहेको उदाहरण बने। ‘निः श्रेयस’ शब्द धेरै सुन्दर छ। यसले केवल आफ्नो मात्र होइन, सबैको कल्याणको भावना बोकेको छ। मुक्ति, मोक्ष वा निर्वाणले व्यक्तिगत मुक्तिको अर्थ दिन्छ भने निःश्रेयसले अझ व्यापक र गहि रो कल्याणको सन्देश दिन्छ। हजारौं वर्षअघि लेखिएको कठोपनि षद्ले आज पनि हाम्रो समाज र राजनीतिलाई एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ। यस ग्रन्थमा यमराज र नचिकेता बीचको संवादमार्फत जीवनको एउटा गहिरो सत्य बुझाइएको छ— "श्रेय" र "प्रेय" मध्ये कुन बाटो रोज्ने? आज नेपालको समाजलाई हेर्दा यो शिक्षा झन् सान्दर्भिक देखिन्छ। हामी धेरैजसो अवस्थामा दीर्घकालीन सोचभन्दा तत्कालको लाभ लाई प्राथमिकता दिन थालेका छौँ। हामिलाइ व्यक्तिगत स्वार्थ, पद, पैसा, लोकप्रियता र सत्ता आकर्षक लाग्छ। तर सत्य, इमानदारी, अनुशासन, सुशासन र राष्ट्रहित जस्ता मूल्यहरू पछि पर्दै गएको अनुभव आज नेपालमा धेरै नागरिकले गर्न थालेको देखिन्छ। राजनीतिमा पनि कहिलेकाहीँ चुनाव जित्ने, सत्ता जोगाउने वा दल गत फाइदा लिने उद्देश्य राष्ट्रिय हितभन्दा ठूलो देखिन्छ। समाजमा पनि छिटो धनी बन्ने चाहना,नियम मिच्ने प्रवृत्ति, भ्रष्टाचार,अनिय मितता र जिम्मेवारीबाट पन्छिने बानी बढ्दै गएको गुनासो सुनिन्छ। यी सबैलाई कठोपनिषद्को भाषामा प्रेयको मोह भनेर बुझ्न सकि न्छ। यसको अर्थ सुख, सुविधा वा विकास नराम्रो हो भन्ने होइन। समस्या तब हुन्छ, जब ती प्राप्त गर्न सत्य, नैतिकता र न्यायलाई त्यागिन्छ। प्रेयलाई श्रेयको अधीनमा राख्न सके मात्र समाज स्वस्थ बन्छ। यदि हामीले हरेक निर्णय गर्दा आफूलाई एउटा प्रश्न सोध्यौँ— "यो काम गर्दा मलाई मात्र फाइदा हुने हो, कि समाज र देशलाई पनि भलो गर्ने हो?" यो नै श्रेयको बाटो रोज्ने सुरुआत हुनेछ जस्तो मलाई लाग्छ। अन्त्यमा , नेपालका धेरै समस्याको समाधान नयाँ कानुन वा नयाँ सरकार मात्र होइन, नयाँ सोच पनि हो। त्यो सोच हो— प्रेय भन्दा श्रेय लाई प्राथमिकता दिने सोच। धेरै के लेखुँ । धन्यवाद !

Comments