पर्यटनसँग जोडिएको खेलकुदको प्रवर्द्धनमा सरकारको प्रतिबद्धता ‘टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ सम्पन्न, विजेतालाई नगद पुरस्कारसहित सम्मान
असार ३१, २०८३, बुधबार | विहान ०६:३० बजे | 35
काठमाडौं। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA), काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा सम्पन्न "टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६" भव्य रूपमा सम्पन्न भएको छ। नेपालको खेलकुद तथा पर्वतारोहण संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय सुरेश श्रेष्ठले गर्नुभएको थियो।
उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले नेपालको प्राकृतिक सम्पदा, हिमाल तथा पर्वतीय पर्यटनसँग प्रत्यक्ष सम्बन्ध रहेको स्पोर्ट क्लाइम्बिङलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्लाइम्बिङ खेलले युवामा अनुशासन, आत्मविश्वास, साहस र नेतृत्व विकास गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा प्रमुख विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले बागमती प्रदेशभरि प्रादेशिक स्तरको स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता सञ्चालन गर्न परिषद्ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नेपालमा क्लाइम्बिङ खेलको आधार विस्तार, प्रतिभा पहिचान तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।
समारोहका विशेष अतिथि संयुक्त राज्य अमेरिकाको दूतावास, काठमाडौंका सार्वजनिक मामिला प्रमुख (Chief of Public Affairs) श्री माइक हार्कर पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनले उहाँलाई २० मे २०२६ बिहान ९:१० बजे सगरमाथाको सफल आरोहण गरी इतिहास रचेका पहिलो अमेरिकी दूतावासका कूटनीतिज्ञ भएको सम्मानस्वरूप विशेष अभिनन्दन तथा सम्मान प्रदान गरेको थियो। उहाँको यो उपलब्धिलाई नेपाल–अमेरिका मित्रता, पर्वतारोहण र साहसिक खेलकुदको साझा प्रेरणाका रूपमा स्मरण गरिएको थियो।
कार्यक्रममा विभिन्न सरकारी निकाय, खेलकुद क्षेत्र, पर्यटन क्षेत्र, निजी क्षेत्र तथा पर्वतारोहण समुदायका विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्साहजनक सहभागिता
प्रतियोगितामा कुल ८७ जना खेलाडी सहभागी भएका थिए।
Lead Climbing
पुरुष : १७ जना
महिला : ५ जना
Top Rope Climbing
पुरुष : ४४ जना
महिला : २१ जना
प्रतियोगिता राष्ट्रिय स्तरको IFSC मापदण्डअनुसार सञ्चालन गरिएको थियो।
Lead Climbing पुरस्कार
Lead प्रतियोगिताका विजेताहरूलाई निम्नानुसार नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरियो।
पुरुषतर्फ
???? प्रथम – साजन लामा – रु. ५०,०००
???? द्वितीय – सुलभ राई – रु. ३०,०००
???? तृतीय – तेन्जिन बर्टिन राई – रु. २०,०००
महिलातर्फ
???? प्रथम – स्वस्तिका चौधरी – रु. ५०,०००
???? द्वितीय – मनिषा बुढा मगर – रु. ३०,०००
???? तृतीय – रबिका महर्जन – रु. २०,०००
Top Rope Climbing पुरस्कार
Top Rope प्रतियोगिताका विजेताहरूलाई निम्नानुसार नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरियो।
पुरुषतर्फ
???? प्रथम – नमल बोहोरा – रु. १०,०००
???? द्वितीय – लाक्फा तेन्जिन शेर्पा – रु. ८,०००
???? तृतीय – केमन क्षेत्री – रु. ५,०००
महिलातर्फ
???? प्रथम – पेम्बा छोकी शेर्पा – रु. १०,०००
???? द्वितीय – करुणा ठाकुर – रु. ८,०००
???? तृतीय – नायुमी खनाल – रु. ५,०००
आयोजकको भनाइ
आयोजक नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA), काठमाडौं उपत्यका विशेष समितिले यस प्रतियोगिताले नेपालमा स्पोर्ट क्लाइम्बिङको विकास, नयाँ प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन विभिन्न सरकारी निकाय, प्राविधिक टोली, निर्णायक, रुट सेटर, बेलायर, स्वयंसेवक, प्रायोजक, खेलाडी तथा सहयोगी संस्थाहरूको उल्लेखनीय योगदान रहेको थियो।
समारोहको अन्त्यमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाई ज्ञापन गर्दै आगामी वर्ष अझ भव्य राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ। साथै, नेपालमा क्लाइम्बिङ खेललाई पर्यटन, पर्वतारोहण तथा युवा विकाससँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
