आँधिवेरीले झन्दै


2020-06-14 13:47:28

                  कुमार लघु
मुसलधारे पानी परेको दिन
र विर्सी नै नसकिने क्षण ,
बलबल ज्यान जोगाएर
धर फर्केको सम्झना
किनकि हावाहुरी आको वेला
खेत रोपाईमा थियौँ ,
बेसरी मुसलधारे पानी प(र्याे
र बेसरी आँधीवेरी
आधा घण्टा चलेको थियो
साथमा असिना पानी प(र्याे
जिऊलाई नै जुरूक्क गर्न थाल्यो
दुइ हातले कोदालो
र कुतो समाउन थाले
र जमिनमा हामी थचक वसे
र हावा कम हुन थाले
र अव भाग्नु पर्ला भने मनमा आयो
सय मिटर हिडेर
बल्ल सुरक्षित ठाउँ पुग्यो
ज्यान वाँचियो भने लाग्यो
लामो सास लिई सवैले फेरे
छिनछिनमा
के कस्तो हुन्दैछ भनी
ढोका खोलेर चियाउँदै गरे
पछि पानी स्यापै रोकेपछि
खाजा खाना खान हिडे
ज्यान जाने वेला पनि
अनिकाल जोखिमवाट
वाँच्न सफल भयौ
जस्तो लाग्यो ,
जो कोहिले पनि आँधिवेरीवाट जोगौँ
कुनै लुगाफातो नभिजेको थिएन
जनताहरू यसरी खाना जोगाउन
हजारौ जनता रोपाईमा स्वयम्
खटेका छन्
यस्तो माहामारीमा जनताको जिऊ ज्यान
जोगाउन छाहारीमा
पानी परेको वेला हुरीवाट
वचाउन ओटमा लाग्नु पर्ने
अनुभव संगाल्नु पर्ने रहेको देखियो
पानीवाट सुरक्षित होऔँ
अझै असारको पानीले
हामी गरिव र कृषकलाई
जोखिम छदैछ
होसियारी अप्नाऔँ ।।
 भक्तपुर नेपाल

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *