दरबारस्क्वायरमा अधिकारका लागि आवाज
फाल्गुन २५, २०७७, मङ्गलबार | दिउँसो १२:०९ बजे | 55
सदीक्षा बाईजु
भक्तपुर । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा युवाका साथ साथ आवाज नेपालले भक्तपुर दरबार स्क्वायरमा “अधिकारका लागि आवाज” कार्यक्रमको आयोजना गरेको छ ।
महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ देशभर अन्तर्राष्ट्रिय नारी दिवसका विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाएको छ । भक्तपुर जिल्लामा पनि नयाँ सोचका साथ कबिता वाचन मार्फत सचेतना जागरण गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको सस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा युवाहरु आफ्ना कबिता मार्फत महिला अधिकार, लैङ्गिक समानता जस्ता बिषयबस्तुमा केन्द्रित भएर आफ्नो कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार घनश्याम गौतमले अभिनय मार्फत सुचनामुलक सन्देश प्रस्तुत गर्नुहुदै नारी दिवसको शुभकामना व्यक्त गर्नुभयो ।
युवाका साथ साथ आवाज नेपालले दिवस मनाउनका निमित मात्र कार्यक्रमको आयोजना नगरी सधै अधिकारको पालना र न्यायपुर्ण समाज निर्माणको लागि सक्रिय रुपमा अगाडि बढेको कुरा सस्थाका अध्यक्ष देबेन्द्र आर्चायले बताउनुभयो ।
सस्थाका कार्यसमिति सदस्य सोना तचामोले सञ्चालन गर्नुभएको कार्यक्रममा एक दर्जन बढी कबिता, गीत र अभिनय प्रस्तुत भएको थियो । कार्यक्रममा युवाका साथ साथ आवाज नेपालको साथै ओरेक नेपाल, युवालय, हामी दाजुभाई, युथ हबको एक्यबद्धता रहेको थियो ।