श्री देवीश्वरीको वार्षिकोत्सव शनिबार
फाल्गुन २५, २०७७, मङ्गलबार | विहान ११:२४ बजे | 30
काभ्रे । श्री देवीश्वरी प्राथमिक विद्यालय रोशी गाउँंपालिका ८ किर्दाश काभ्रेको ३३ औ वार्षिकोत्सव शनिबार हुने भएको छ । वार्षिकोत्सवको अवसरमा भबन उदघाटन तथा जेष्ठ नागरिक सम्मान पनि गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगम लामाले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा जेष्ठ सम्मान तथा भबन पनि उदघाटन गर्न पाएको विद्यालयका प्रधानाध्यापक धर्मलाल मैनालीले खुशी व्यक्त गर्नुभयो ।