राष्ट्रपतिसँग शब्दयात्रा प्रकाशनका प्रतिनिधिको भेट


असार ११, २०८३, बिहीबार | विहान ०६:४८ बजे | 20


राष्ट्रपतिसँग शब्दयात्रा प्रकाशनका प्रतिनिधिको भेट

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग हिजो शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र आजीवन सदस्य डा. इन्दुल केसीले भेट गर्नुभयो । सो अवसरमा हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशन र त्यस संस्थामा स्थापित योगदानी महिला अनुसन्धान केन्द्रका विषयमा जानकारी गराउनुभयो । तत्पश्चात् नेपालको पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्यको योगदानका विषयमा विस्तृत छलफल भयो । राष्ट्रपतिज्यूले शैलजा आचार्यसँगका संस्मरणहरू र उहाँप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गर्नुभयो । हरि मञ्जुश्री र डा. इन्दुल केसीले सम्माननीय राष्ट्रपतिज्यूलाई शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरू उपहारस्वरूप समर्पण गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले उपहारका लागि शब्दयात्रा प्रकाशन परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरूबीच साहित्य, ऐतिहासिक व्यक्तित्वका विषयमा अनुसन्धान र पुस्तक प्रकाशन जस्ता विषयमा एक घण्टा वार्तालाप भएको थियो ।

Comments