मध्यपुर थिमिको बोदेमा एक हप्ताको उद्घोषण प्रशिक्षण सम्पन्न


असार ९, २०८३, मङ्गलबार | विहान १०:४० बजे | 205


मध्यपुर थिमिको बोदेमा एक हप्ताको उद्घोषण प्रशिक्षण सम्पन्न

मध्यपुर थिमिको बोदेमा एक हप्ताको उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । निलबाराही सुन्दरनगर टोल विकास सस्था, कुनिश्चा बोदेको आयोजना तथा बोदे ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सो प्रशिक्षण दिइएको हो । तालिमको आइतबार समापनमा प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गर्दै वडा अध्यक्ष रमेश थापा श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । श्रेष्ठले अबको योजनामा जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सन्चालन गर्ने वडाको तयारी रहेको पनि जानकारी राख्नुभयो । सस्थाका महिलाहरुको माग अनुसार उद्घोषण तालिम सन्चालन गरेको संयोजक विष्णु बाराकोटिले जानकारी दिनुभयो । महिलाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि बोल्ने कलाको यो तालिम निकै उपयोगी भएको प्रशिक्षार्थी वर्षा गिरीले बताउनुभयो । महिलाहरु सधै चुलो चौकामा मात्र सिमित नभई आफूसङ्ग सीप भएमा हरेक विधामा सफल बन्न सक्ने अर्का प्रशिक्षार्थी रसिला अवालल्व उल्लेख गर्नुभयो । तालिमको समापनमा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोलीले महिलाहरु माथी समाजमा हुन सक्ने विभिन्न प्रकारका हिंसाबाट जोगिने उपायहरुका बारे जानकारी दिनुभएको थियो । सन्चारकर्मी नबिना श्रेष्ठको प्रमुख प्रशिक्षणमा संचालित तालिममा बोदेका २० जना महिलाहरुको सक्रिय सहभागिता रहेको वडा सदस्य सुरेन्द्र था श्रेष्ठले बताउनुभयो । टोल विकास सस्थाका उपाध्यक्ष गोबिन्द बहादुर राउतको सभापतित्वमा भएको समापन तथा प्रमाणपत्र प्रदान कार्यक्रम भने सहभागी प्रशिक्षार्थि दमुना बुढाथोकीले संचालन गर्नुभएको थियो । यसअघि ८ वडाले एक महिने रन्जना लिपि लेखन तालिम, एआइ प्रविधि तालिम, चित्रकला कार्यशाला सम्पन्न गरेको छ ।

Comments