एक महिने सांकेतिक भाषा कक्षा सम्पन्न


असार ९, २०८३, मङ्गलबार | विहान १०:४८ बजे | 135


एक महिने सांकेतिक भाषा कक्षा सम्पन्न

मध्यपुर । असार ९ । मध्यपुर नगरपालिकाको सहयोगमा भक्तपुर बहिरा संघ अन्तरगत मध्यपुर नगर बहिराको समन्वय समितिको आयोजनामा सोमबार एक महिने सांकेतिक भाषा प्रशिक्षणको समापन कार्यक्रम मध्यपुर वडा नं ६ का जनप्रतिनिधी एवं अपांगता समन्वय समितिका सदस्य अरुणा कारंजितको प्रमुख आतिथ्यमा मध्यपुरको आर्दश माध्यामिक विद्यालय लायकुमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट प्रमुख अतिथि अरुणा कारंजितले सांकेतिक भाषा प्रशिक्षण अभिभावकलाई मात्र होइन हरेक सेवाप्रदाय कार्यालयका कर्मचारीलाई पनि दिइएमा बहिराले पनि आवश्यक सेवा सुविधा सहजै प्राप्त हुनेछ, साथै यसका लागि सम्वन्धीत निकायबाट आवश्यक वजेट व्यवस्थापन गर्न सकेमा सांकेतिक भाषाको तालिमलाई अझ एडभान्स गरि पेशागत रुपमा प्रयोग गर्न सकिनेछ भन्नुभयो । समापन कार्यक्रममा महिला बालबालिका सामाजिक समावेशी शाखा प्रमुख राजिया चौधरी, राष्ट्रिय बहिरा महासंघका उपाध्यक्ष शिखा प्रधान मानव विधा गृहको प्रिन्सिपल एवं अपांगता समन्वय समितिको सदस्य बाबु कृष्ण रंजित तथा आर्दश मावि लायकुका सहप्रधानाध्यापक हरिबहादुर श्रेष्ठ तथा बहिरा अपांगता समन्वय समितिका जगत कृष्ण प्रजापतिको उपस्थितीमा प्रमुख अतिथि मनपा ६ का जनप्रतिनिधि अपांग समन्वय समितिका सदस्य अरुण कारंजितले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । एक महिने सांकेतिक भाषा २०८३ जेष्ठ ४ गतेदेखि असार ३ गतेसम्म संचालन भएको प्रशिक्षणमा बहिरा बालबालिकाका १२ जना अभिभावक प्रशिक्षार्थीलाई भक्तपुर जिल्ला बहिरा संघका अध्यक्ष तथा प्रशिक्षक जयराम पकानेवारले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षाथीको तर्फबाट गणेश प्रसाद पोखरेलले बोल्नु भएको थियो भने नेपाल टेलिभिजनका सांकेतिक भाषाका संचारकर्मी दोभाषे नानु जयनाले संचालन गर्नु भएको थियो ।

Comments