नेपाल बौद्ध परियत्ति शिक्षाको आधिकारिक वेबसाइट शुभारम्भ
असार ७, २०८३, आइतबार | राति ०८:५६ बजे | 75
काठमाडौंको नयाँ बानेश्वरस्थित विश्व शान्ति विहारमा नेपाल बौद्ध परियत्ति शिक्षाको आधिकारिक वेबसाइट शुभारम्भ कार्यक्रम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं नेपाल बौद्ध परियत्तिका शिक्षाध्यक्ष श्रद्धेय फ्राखु विशाल धम्मशोभन महास्थविरज्यूबाट औपचारिक रूपमा शुभारम्भ गर्नु भयो । साथै उहाँले यो वेबसाइट बाट बुद्ध शिक्षा अध्ययन गर्न चाहने तथा जानकारी लिन चाहनेहरूलाई सर्वसुलभ हुने बहुजनहिताय र बहुजन सुखायको उपयोगी हुने सुभाशित वचन बोल्नुभयो । त्यस्तै परीक्षा नियन्त्रक श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरज्यूले परियत्ति शिक्षाको पृष्ठभूमि,महत्त्व बारे बोल्नुभयो । नेपाल बौद्ध परियत्ति शिक्षा, सूचना, प्रविधि तथा प्रचारप्रसार उपसमितिका संयोजक भिक्षु पियरतनले नवनिर्मित वेबसाइटको प्राविधिक जानकारी र उपयोगीता बारे, ईन्जिनियर मनिष महर्जनले डेटा बारे जानकारी दिनुभयो । वेबसाइट भिक्षु सोरतले तयार पार्नुभएको कार्यक्रम संचालन भिक्षु तिरतन स्थविरले गर्नुभयो । कार्यक्रममा पत्रकार लगायत,अनागारिका कुशलञाणी गुरूमा, डा. सबिता धाख्वा,अमिता धाख्वा, प्रदिप रत्न शाक्य लगायतले आ-आफ्नो सुझावहरू दिनुभयो ।
