रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला
असार ७, २०८३, आइतबार | दिउँसो ०१:१५ बजे | 90
बरिष्ठ नाट्यकर्मी,लेखक तथा निर्देशक रामशेखर नकर्मीका ख्याल:हरुमाथि केन्द्रीत रही यही असार ४ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम बागमती प्रदेश सभाका सभासद सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा शुभारम्भ भएको तीनदिने कार्यशाला आज सम्पन्न भयाे। कार्यशाला उदघाटन समारोहका प्रमुख अतिथि सुरेन्द्रराज गोसाईंले साहित्य, संगीत र कलाकारीताले बहुसंख्यक जनताको पीडालाई ओझेलमा पार्न नहुने कुरा बताउनु हुन्दै वहाँले गरीखाने जनताको मर्म बुझेर सिर्जना गरिने साहित्य, संगीत वा खेलिने कलाकारीता देश र जनताको निम्ति बहुमुल्य बौध्दिक सम्पति हो भन्नुभयो। नाट्यकर्मी समाज नेपालको आयोजनामा सञ्चालित उक्त कार्यशालामा रामशेखर नकर्मी द्वारा सिर्जित ख्याल:हरुको अध्ययन, विश्लेषण, प्रस्तुति एवम वर्तमान समयको सान्दर्भिकता बारे छलफल गर्यो । नेपाली रङ्गमञ्च तथा साहित्य जगतमा उल्लेख्य योगदान पुर्याएका रामशेखर नकर्मी एक चर्चित कलाकार, लेखक तथा उपन्यास मार्फत नेपाली समाजका विभिन्न पक्षलाई सर्वसाधारणले बुझ्ने भाषामा उजागर गर्न सक्ने सरल स्वभावका धनी थिए। आफ्नै कालगतिको कारण उनको विक्रम सम्वत २०७३ सालमा दुखद निधन भएको थियो। ख्याल: परम्पराको संरक्षण र प्रवर्द्धन विषयमा वरिष्ठ नाट्यकर्मी तथा लेखक राजेन्द्र श्रेष्ठले र ख्याल: , नाटक , हाँस्यव्यंग्य एवं प्रहसनमा कलाकारीताको भूमिका विषयमा वरिष्ठ कलाकार आसकाजी थकुले प्रशिक्षण दिएको उक्त कार्यशालाले नयाँ पुस्ताका नाट्यकर्मीलाई रामशेखर नकर्मीका सिर्जना र योगदान बारे जानकारी गराउनु रहेको आयोजकका अध्यक्ष लक्ष्मीप्रसाद चवालले बताए। नाट्यकर्मी समाज नेपालले विगत लामो समयदेखि नाटक मेला तथा रङ्गकर्म सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको र आज असार ६ गते सम्पन्न ख्याल:को कार्यशालामा स्थानीय नाट्यकर्मी, कलाकार, युवा - बिध्यार्थी एवम रङ्गमञ्चप्रति चाँसो राख्ने हरुको उल्लेख्य सहभागिता रहेको कुरा आयोजकले बताए ।
फाेटाेमा हेर्नुहाेस्...
