कृत्रिम बौद्धिकता सम्बन्धी तालिम सम्पन्न
असार ७, २०८३, आइतबार | दिउँसो ०१:११ बजे | 85
भक्तपुर, असार २१। सुकुन्दा बचत तथा ऋण सहकारी संस्था (साकोस) को आयोजनामा कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI) सम्बन्धी तीन दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सस्थाको बचत उप समितिको सहकार्यमा संचालित यस तालिमले सूचना प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकताको प्रयोग र महत्व बढ्दै गएको सन्दर्भमा संस्थाका सदस्य, कर्मचारी तथा सरोकारवालाहरूलाई नवीन प्रविधिसँग परिचित गराउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा कृत्रिम बौद्धिकताको परिचय, यसको वर्तमान अवस्था, विभिन्न क्षेत्रमा यसको प्रयोग, शिक्षा, व्यवसाय, बैंकिङ, सञ्चार तथा दैनिक जीवनमा AI को उपयोगिता लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै ChatGPT, Gemini, Copilot,Meta, Quen, AI Vedio Genaration Tools लगायतका आधुनिक AI उपकरणहरूको प्रभावकारी प्रयोग, सामग्री लेखन, प्रस्तुतीकरण तयारी, फोटो तथा भिडियो निर्माण, कार्यालय व्यवस्थापन र उत्पादकत्व अभिवृद्धिमा AI को भूमिकाबारे व्यावहारिक प्रशिक्षण श्रीराम कासिछवाले दिइएको थियो। तालिमका प्रशिक्षकले कृत्रिम बौद्धिकता आजको आवश्यकता मात्र नभई भविष्यको आधारसमेत भएको उल्लेख गर्दै यस प्रविधिको सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले AI ले मानव क्षमतालाई प्रतिस्थापन नभई थप सशक्त बनाउने भएकाले यसको सही र जिम्मेवार प्रयोग आवश्यक रहेको बताए। कार्यक्रममा सस्थाका ब्यवस्थापक सानुकाजी चिकन्बजारले प्रविधिको विकाससँगै सहकारी क्षेत्रले पनि डिजिटल रूपान्तरणलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै सदस्य तथा कर्मचारीहरूलाई नवीन प्रविधिको प्रयोगमा दक्ष बनाउने यस्ता तालिमहरू समयसापेक्ष र उपयोगी रहेको धारणा व्यक्त गरे। तालिममा सहभागीहरूले कृत्रिम बौद्धिकतासम्बन्धी नयाँ ज्ञान हासिल गर्न पाएको, दैनिक कार्यसम्पादनलाई सहज, छिटो र प्रभावकारी बनाउन AI उपयोगी रहेको कुरा श्रीजना सुवालले बताउनु भयो। सोही कार्यक्रम सहभागी तुल्सिराम ग्वाछाले आगामी दिनमा यस्ता थप व्यावहारिक तालिमहरूको आवश्यकता रहेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमको समापन गर्दै सुकुन्दा साकोसका उपाध्यक्ष केशव कवाले प्रविधिमैत्री संस्था निर्माणका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै तालिमलाई सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, सहभागी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम सकोसका अध्यक्ष राजभाइ माकले प्रविधिको सही प्रयोगले मात्र समृद्ध र सक्षम समाज निर्माण सम्भव छ" भन्ने सन्देशका साथ सम्पन्न भएको थियो। उक्त तालिमले सहभागीहरूलाई डिजिटल युगका नयाँ अवसरहरूबारे जानकारी गराउनुका साथै कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगतर्फ प्रेरित गरेको विश्वास गरिएको आयोजकले बताएको छ। उक्त तालिमको समापन समारोहमा २० जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो।
