असारे भाका


असार ७, २०८३, आइतबार | साँझ ०५:४४ बजे | 115


असारे भाका

सुनिता गाइसी
असारे भाका गुजिने दिन
आउने कहिले हो 
धानका ब्याड, आली र कल्ला
हिलाम्य हुने हो ।

खेतमा हेर धानका बीउ
लहलह हुदैछन्
किसानहरु आकाश हेरी
माटो मिलाउदैछन् ।

गडयाङगुडुङ आकाश तिर
 बादल दौडदैछ ।
चराहरु आफनो गन्तव्य
तिर बेगले उडदैछन् । 


किसानका मुहार खुसीले
होला हसिलो देख्दैछु
रोपाइ गर्न कोदाली बोकी
खेततीर धाउदैछन् । 


पहिला पहिला असार
सँगै असारे भाका 
सुनिन्थ्यो जता नि
अब त ति नौला भए
गुन्जिन छोडे नि ।
 

Comments