विनायकका विद्यार्थीद्वारा सम्पदा पदयात्रा तथा सरसफाई


असार ६, २०८३, शनिबार | साँझ ०६:२३ बजे | 190


विनायकका विद्यार्थीद्वारा सम्पदा पदयात्रा तथा सरसफाई

मध्यपुर ठिमी भक्तपुर

हाम्रो परम्पराको हामीबाटै निरन्तरता संस्कृति बचाउमा विद्यार्थीको अग्रसरता भन्ने नारालाई सफल र सार्थक बनाउन लागि पर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही २०८३ असार ५ गते सिठी नखको पावन अवसरमा पदयात्रा तथा सरसफाई कार्यक्रमको आयोजना गर्यो। विनायक इको क्लब तथा विनायक जुनियर रेडक्रस सर्कल द्वारा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले सिठी नख पर्वको सांस्कृतिक ऐतिहासिक धार्मिक महत्वबारे आफूले जानेका कुरा अवगत गराएका थिए साथै सामाजिक जनचेतना जगाउने उद्देश्य सहित सार्वजनिक स्थानमा रहेका इनारहरू सरसफाई गर्नुका साथै भुलाखेल चोडे दुईपोखरी नाच्नानी चपाचो एवं पाँचो लगायत अन्य सार्वजनिक स्थानमा अवस्थित इनार र पोखरीहरूको सरसफाई समेत गरेका थिए। सो कार्यक्रममा सांस्कृतिक बाजा गाजा सहित नगर परिक्रमा गरी सामाजिक स्तरमा विद्यार्थीहरूबाट जनचेतना जगाइएको थियो कार्यक्रममा नखको शुभकामना दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हाम्रो संस्कृति हाम्रो गौरव हाम्रो पौरख र पहिचान भएकोले बाल्यकालदेखि नै यी सांस्कृतिक धरोहरहरूको संरक्षण सम्वर्धन र सरसफाईमा जोड दिनु विद्यालयको उद्देश्य रहेको कुरा बताउनुभयो।

Comments