भक्तपुर लेखापढीका अध्यक्षलाई मातृशोक


असार ६, २०८३, शनिबार | दिउँसो ०३:५० बजे | 435


भक्तपुर लेखापढीका अध्यक्षलाई मातृशोक

भक्तपुर, असार ६ — नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरका अध्यक्ष रामशरण रानाकी ममतामयी आमाको निधन भएको छ।

उहाँको स्वर्गारोहण भएको खबरपछि लेखापढी व्यवसायी, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। दिवङ्गत आत्माको चिरशान्ति तथा बैकुण्ठवासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

शोक सन्देशमा दुःखको यस कठिन घडीमा भगवानले परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गरिएको छ। साथै स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले परिवार र समाजमा पुर्‍याउनुभएको योगदानको स्मरण गरिएको छ।

नेपाल लेखापढी व्यवसायी एसोसिएसन भक्तपुरका अध्यक्ष रानाको मातृशोकप्रति विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गरेका छन्।

Comments