तोरीको तेल उत्पादनमार्फत आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने


असार १, २०८३, सोमबार | राति १०:०१ बजे | 80


तोरीको तेल उत्पादनमार्फत आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने

केके मानन्धर

भक्तपुर जिल्ला मानन्धर युवा संघले ज्ञानेन्द्र मानन्धरको नेतृत्वमा कार्यसमिति पुनर्गठन गरेको छ । संघले जिल्लाका विभिन्न ठाउँमा सघन बसोबास गर्दै आएका ७ वटा टोलको प्रतिनिधित्व हुनेगरि चौंथो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि तोरीको तेल उत्पादन गर्ने मौलिक व्यवसायलाई संरक्षण गर्दै आएका रामबहादुर मानन्धर नेतृत्वको कार्यसमिति बनेको थियो । कानून व्यवसायी रामकृष्ण मानन्धरको संयोजनमा गठन गरिएको निर्वाचन समितिबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष, ज्ञानेन्द्र मानन्धर (तःपालाछि सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका), प्रथम उपाध्यक्ष, वर्तराम मानन्धर (पुलांसः शिवरात्री गुठी तेखाच्व), द्वितीय उपाध्यक्ष, उत्तम मानन्धर (मानन्धर युवा समूह, मध्यपुर थिमि), सचिव, इन्द्र मानन्धर (मानन्धर समाज दधिकोट, सूर्यविनायक नगरपालिका), सहसचिव, ज्ञानबहादुर मानन्धर (साःकोलान सिलाचःह्रे गुठी भक्तपुर नगरपालिका), सहकोषाध्यक्ष, राजकुमार मानन्धर (गोमारी सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका), सदस्य, तुल्सीकाजी मानन्धर (साःकोलान सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका), सदस्य, उमेशकाजी मानन्धर (गोमारी सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका), सदस्य, रत्नप्रसाद मानन्धर (मानन्धर युवा समूह, मध्यपुर थिमि), सदस्य, अष्टलाल मानन्धर (साःकोलान सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका), सदस्य, रामकृष्ण मानन्धर (पुलांसः शिवरात्री गुठी तेखाच्व), सदस्य, उत्तम मानन्धर (पुलांसः शिवरात्री गुठी तेखाच्व), सदस्य, विष्णुलक्ष्मी मानन्धर (लोकेश्वर शिवरात्री गुठी भक्तपुर नगरपालिका), सदस्य, तिर्थलक्ष्मी मानन्धर (साःकोलान सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका), सदस्य, सुमन मानन्धर (मानन्धर समाज दधिकोट, सूर्यविनायक नगरपालिका), सदस्य, अनिल मानन्धर (मानन्धर समाज दधिकोट, सूर्यविनायक नगरपालिका), सदस्य, अविरल मानन्धर (गोमारी सिलाचःह्रे गुठी, भक्तपुर नगरपालिका) चयन भएका छन् ।
आठौं वार्षिकोत्सव कार्यक्रममा समुदायले सिकेका सीपजन्य व्यवसायको रुपमा रहेका तोरीको तेल उत्पादन गर्ने पुख्र्यौैली व्यवसाय, घरेलु मदिरालाई कानून सम्मत बनाएर व्यवस्थित रुपमा उत्पादन गर्ने तथा लोकसेवा मार्फत सरकारी रोजगारीमा प्रोत्साहित गर्नुपर्ने विषयमा छलफल गरिएको थियो । संघले समुदायको सशक्तिकरण, नेतृत्व विकास, मूर्तअमूर्त सम्पदा संरक्षण तथा सामाजिक क्षेत्रमा काम गर्दैआएको छ । विशेषगरी सीपमूलक तालिम, क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम दिएर मौलिक प्रविधिमा आधारित तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योग पुनरुत्थान जस्ता अभियान सन्चालन गर्दैआएको छ ।
भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रुकेश रंजित, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, दक्षिणकाली नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शैलेश मान मानन्धर, बनेपा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, केन्द्रीय मानन्धर संघका प्रतिनिधि, विभिन्न टोलका थकालीहरुको सहभागिता रहेको थियो ।

Comments