"दुरब्यबहार विरुद्धकाे २१ आैबिश्व चेतना दिवस सम्पन्न"


असार १, २०८३, सोमबार | राति ०७:२१ बजे | 130


"दुरब्यबहार विरुद्धकाे २१ आैबिश्व चेतना दिवस सम्पन्न"

जेष्ठ नागरिक प्रति हुने दुरब्यबहारविरुद्धकाे २१आै विश्व चेतना दिवस कार्यक्रम २०८३ असार १ गते नेपल सरकार, महिला, बाल बालिका, लैङ्गिक तथा याैनिक अल्पसँख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय जेष्ठ नागरिक महासँघकाे सह आयाेजनामा मनाउन लागेकाे सन्दर्भमा जेष्ठ नागरिक सँघ, बागमति प्रदेश तथा शान्ति आश्रम, बुँगमतिकाे सँयुक्त आयाेजनामा बागमति प्रदेशका माननिय साँसद श्री प्रेम भक्त महर्जनकाे प्रमुख आतिथ्यमा बुँगमति स्थित शान्ति आश्रमकाे सभा कक्षमा सम्पन्न गरियाे।

कार्यक्रमकाे सभापतित्व आश्रमका अध्यक्ष प्रा डा सर्बज्ञ भक्त मल्लले गर्नु भएकाे थियाे।साे कार्यक्रममा बुँगमति वासि जेष्ठ नागरिक दाेश्राे पुस्ता तथा तेश्राे पुस्ताका आदर्श शुल्क युवक माध्यमिक विद्यालयका कक्षा १० का छात्र छात्राहरु दस जना समेत गरि कुुुल ६५जना एवम आश्रमका केन्द्रिय कार्य समितिका पदाधिकारिहरुकाे समेत सहभागिता रहेकाे छ। उक्त कार्यक्रमका श्राेत व्यक्ति प्रा डा प्रेम शर्माद्वारा कार्य पत्र प्रस्तुत गर्नु भएकाे थियाे।प्रस्तुतिकरणकाे सिलसिलामा डा शर्माले आजकाे दिवसबारे चर्चागर्नुका साथै दुरब्यबहारबारे बिस्तृतचर्चा गर्नु भयाे। त्यसपछि डा शर्मालेजेष्ठ नागरिकका प्रथम,द्वितिय एवम तृश्राे पुस्ताका छात्र छात्राहरु बिच अन्तरक्रिया समेत गर्नु भई उठेका जिग्यासाहरुबारे प्रस्त पारनु भयाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि माननिय

महर्जनज्युले विगतका दिनमा उहाँले आश्रमकाे लागि गर्नु भएकाे कार्य बारे जानकारि दिनुका साथै आगामि दिनहरुमा पनिआफ्नाेबल बुत्ताले भ्याए सम्म आश्रमकाे प्रगतिमा साथ र सहयाेग दिने प्रतिबद्धता ब्यक्त गर्नु भयाे। यस्तै मन्तब्यकाे क्रममा ललितपुर जिल्ला जेष्ठ नागरिक सँघका अध्यक्ष श्यम बहादुर श्रेष्ठले पनि दिवस बारे आफ्नाे बिचार राख्नु भयाे।

कार्यक्रमकाे सँचालन जेष्ठ नागरिक सँघ, बागमति प्रदेशका सँयाेजक विवेन्द्र भक्त प्रधानाङ्गले गर्नु भएकाे थियाे। कार्यक्रम बिहान १० बजे शुरु भई १२ बजे समापन गरियाे।

फाेटाेमा हेर्नुहाेस्...

"दुरब्यबहार विरुद्धकाे २१ आैबिश्व चेतना दिवस सम्पन्न"
"दुरब्यबहार विरुद्धकाे २१ आैबिश्व चेतना दिवस सम्पन्न"

Comments