नेपाल क्रान्तिकारी महिला संघ वडा नं. १० द्वारा कानुनी साक्षरता कार्यक्रम आयोजना
जेठ २७, २०८३, बुधबार | राति ०७:५८ बजे | 185
भक्तपुर । नेपाल क्रान्तिकारी महिला संघ वडा नं. १० समितिको आयोजनामा बुधबार कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
महिलाहरूलाई आफ्नो अधिकार, कानुनी व्यवस्था तथा न्याय प्राप्तिका प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा महिला अधिकार, घरेलु हिंसा, लैङ्गिक समानता, सम्पत्ति अधिकार तथा विद्यमान कानुनी प्रावधानका विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रममा सहभागी महिलाहरूले दैनिक जीवनमा आइपर्ने कानुनी समस्याबारे जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले त्यससम्बन्धी आवश्यक जानकारी प्रदान गरेका थिए। कानुनी सचेतनाले महिलाहरूलाई आत्मविश्वासी र अधिकारप्रति जागरुक बनाउन महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरूले बताएका थिए।
नेपाल क्रान्तिकारी महिला संघ वडा नं. १० समितिले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै महिला सशक्तीकरण र अधिकार सचेतनाका लागि थप गतिविधि सञ्चालन गर्ने जनाएको छ।
फाेटाेमा हेर्नुहाेस्...
