पुनस्थापित संसद र त्यसको जिम्मेबारी विषयमा अन्तरक्रिया


फाल्गुन २३, २०७७, आइतबार | दिउँसो १२:१४ बजे | 35


अव प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल प्रेस सोसाइटी र संकल्प क्रियशनले पुनस्थापित संसद र त्यसको जिम्मेबारी विषयमा शनिबार भक्तपुरमा गरेको अन्तरक्रियाका सहभागीहरुले त्यसो भए मात्रै राष्टपति जनताको राष्टपति हुने चर्चा गरे ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति जनताप्रति विशेष जिम्मेबार रहने भन्दै उनीहरुले अवको संसदको ध्यान त्यतातिर जानुपर्ने खाँंचो औंल्याए । आइतबारदेखि सुरु हुन लागेको संसद अधिवेशनको पूर्वसन्धयामा आयोजित कार्यक्रममा उनीहरुले त्यस्तो राष्टपतिले अहिलका राष्टपतिले जस्तो सतही ढंगमा काम नगर्न नैतिक जिम्मेबारी थपिने उनीहरुले बताए । वर्तमान राष्टपतिले जनताको इच्छाविपरित एकैपटक संसद विघटन स्वीकार गरेको भन्दै उनीहरुले प्रत्यक्ष निर्वाचित राष्टपति जनताप्रति सचेत रहने हुनाले कुनै पनि कदम चाल्दा छलफल अन्तरक्रिया गरी मात्रै गर्ने विश्वास उनीहरुले गरे ।

विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य प्रदीप थापाले अवको संसदले प्रत्यक्ष निर्वाचित राष्टपतिको वन्दोवस्ततिर ध्यान दिनुपर्ने बताए । उनले संसद विकास कोषले सांँसदलाई ठेकेदार बनाउने भन्दै संसद विकास कोष हुन नहुने बताए ।

मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले पुनस्थापित संसद जनताको समस्याप्रति विशेष सचेत हुनुपर्ने बताए । कार्यक्रममा श्रीराम खाइजूले पुनस्थापित संसद र त्यसको दायित्व विषयमा चार पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comments